
हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । रासायनिक मलका बारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा रामकृष्ण श्रेष्ठले मौज्दात मल वितरण... थप हेर्नुहोस्
नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पदबहाली गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडलबले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएलगत्तै उहाँले मंगलबार सर्वोच्च अदालतमा पुगेर पदबहाली गर्नुभएको हो । नेपालको संविधानको धारा, १२९ को उपधारा, २ बमोजिम... थप हेर्नुहोस्
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी)का प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार भएको भेटमा प्रहरी महानिरीक्षक कार्कीले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी सघन निगरा... थप हेर्नुहोस्
सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा प्रभावित हुने परिवारलाई राहत तथा पुनःस्थापना सहायता उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले वि... थप हेर्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्मालाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले उहाँलाई मंगलबार सो पदमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रधानन्यायाधीश डा शर्मालाई आइतबारै संसदीय ... थप हेर्नुहोस्
पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नेपालका संयोजक दुर्गाप्रसाद प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा तीन दिन म्याद थप गरेर अनुसन्धान गर्नका लागि पर्सा प्रहरीलाई ... थप हेर्नुहोस्
प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सूचना प्रविधि प्रयोग गरी न्यायमा पहुँच वृद्धि गर्ने बताउनुभएको छ । संसदीय सुनुवाइ समितिमा मंगलबार आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै न्यायिक काम कारबाहीलाई व्यवस्थित, पारदर्शी एवम् अनुमानयोग्य बनाई स... थप हेर्नुहोस्
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानक... थप हेर्नुहोस्
नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम उत्खनन परियोजना सरकारले छिटो अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । रफत सञ्चार क्लबद्वारा आज भक्तपुरमा आयोजित अन्तरसंवादमा उहाँले सुर्खेत–दैलेख सडकमार्गको स्तरोन्नति हुन नसक्दा पेट... थप हेर्नुहोस्
युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य ... थप हेर्नुहोस्
