मुख्य समाचार

News-Image

पूर्वराजा शाहद्वारा प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण

  • २०८२ फाल्गुन ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उहाँले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औँल्याउनुभएको छ ... थप हेर्नुहोस्

News-Image

यस्तो छ ‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर ‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार मधेस प्रदेशको जनकपु... थप हेर्नुहोस्

News-Image

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । निर्वाचन तयारीको सिलसिलामा बुधबार काठमाडौँको निर्वाचन क्षेत्र न... थप हेर्नुहोस्

News-Image

देशमा सुशासन स्थापना गर्ने सभापति थापाको प्रतिज्ञा

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा सुशासन स्थापना गर्ने प्रतिज्ञा गर्नुभएको छ । जनकपुरको तिरूहुतिया गाछीमा बुधबार आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै उहाँले सबैलाई समेटेर लैजान कांग्रेस सक्षम रहेको दाबी गर्नुभयो । सभापति थापाले भन्नुभयो... थप हेर्नुहोस्

News-Image

बदलिएको कांग्रेसले सुशासनयुक्त सरकारलाई जोड दिन्छ : प्रवक्ता चालिसे

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बदलिएको कांग्रेसले स्वभाव, चरित्र र आचरण बदलेर सुशासनयुक्त सरकारलाई जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा निर्वाचन २०८२ का सन्दर्भमा जानकारी दिन नेपाली कांग्रेसले बुधबार पार्टीको केन्द्रीय ... थप हेर्नुहोस्

News-Image

नेकपाका महासचिव ऋषि कट्टेलसहित चार जना पक्राउ

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले बुधबार पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले कट्टेललाई बुधबार कीर्तिपुरबाट प... थप हेर्नुहोस्

News-Image

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा उत्रिएको बताउनुभएको छ । रास्वपाले बुधबार धनगढीमा आयोजना गरेकोे परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उहाँले रास्वपाले राजनीतिक विकृति र विसङ्गतिविरुद्ध ... थप हेर्नुहोस्

News-Image

कांग्रेसको प्रतिज्ञापत्र जनकपुरधामबाट सार्वजनिक

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक व... थप हेर्नुहोस्

News-Image

एमाले सधैँ देश निर्माण गर्ने शक्ति हो : नेता पोखरेल

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेले सधैँ देश निर्माण गर्ने शक्ति भएको बताउनुभएको छ । बुधबार टोखामा आयोजित घरदैलो कार्यक्रममा उहाँले भन्नुभयो, “एमालेले देश बनाउने काम गर्छ, देश विगार... थप हेर्नुहोस्

News-Image

कांग्रेसले आज प्रतिज्ञापत्र सार्वजनिक गर्दै

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ । सो पार्टीले कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुने सभामा प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको हो । प्रत... थप हेर्नुहोस्