मुख्य समाचार

News-Image

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

  • २०८२ चैत्र २८, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ । कर्णाली प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौँ स्थापना दिवसका अवसरमा आज कर्णालीमा आयोजित कार्यक्रममा उहाँले प्रदेश र स्थानीय तहका संवैधानिक अध... थप हेर्नुहोस्

News-Image

कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ : महासचिव पोखरेल

  • २०८२ चैत्र २८, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले कम्युनिष्ट आन्दोलनलाई पुनःजागृत र पुर्नगठित गरेर अगाडि बढ्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा सम्पर्क विशेष सङ्गठन कमिटीले आज आयोजना गरेको कार्यक्रममा उहाँले जनताको ब... थप हेर्नुहोस्

News-Image

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

  • २०८२ चैत्र २८, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताउनुभएको छ । मौरिससको पोर्ट लुइसमा आजदेखि सुरु भएको नवौँ हिन्द महासागर सम्मेलनमा स... थप हेर्नुहोस्

News-Image

जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

  • २०८२ चैत्र २८, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्रष्ट पारेको छ । चिकित्सा शिक्षा आयोगको व्यवस्थाअनुसार छात्रवृत्ति ‘मेरिट’ र कानुनी मापदण्डका आधारमा वितरण हुने... थप हेर्नुहोस्

News-Image

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न सरकारको निर्देशन

  • २०८२ चैत्र २८, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइ सुरक्षित एवं गोपनीयता सुनिश्चित भएको स्तनपा... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्री खनालसँग भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीको भेटवार्ता

  • २०८२ चैत्र २८, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको राजधानी पोर्ट लुइसमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भारतका बा... थप हेर्नुहोस्

News-Image

शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

  • २०८२ चैत्र २८, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक ग... थप हेर्नुहोस्

News-Image

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

  • २०८२ चैत्र २७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र अनुशासनको खाँचो भएको बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखाको व्यवस्थापनमा शुक्रबार पोखरामा आयोजित ‘निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो’ विषयक कार्यक्रमलाई सम्... थप हेर्नुहोस्

News-Image

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

  • २०८२ चैत्र २७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा शुक्रबार साँझ आयोजित विशेष समारोहमा उपसभामुख ठाकुरले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाद्वारा विभिन्न समितिमा सदस्य मनोनयन

  • २०८२ चैत्र २७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिभिसभाका विभिन्न समितिमा सदस्यहरू मनोनयन भएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले गर्नुभएको मनोनयनसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकार गरेको छ । संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट अर्जुननरसिंह केसी, कविन्द्र बुर... थप हेर्नुहोस्