
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअन्तर्गत रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायमै राख्नुभएको छ । उहाँले पाँच हजार ९२४ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार ... थप हेर्नुहोस्
डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा ताराप्रसाद जोशीले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृत अरुणकुमार कोइरालाका अनुसार जोशीले एक हजार ५२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका शेरसिंह मालले ५३० मत ... थप हेर्नुहोस्
एकमात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले अग्रता लिएको छ । मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ १७७ मतका साथ अग्रता लिनुभएको छ । यस्तै नेकपा (... थप हेर्नुहोस्
बागलुङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोम शर्माले सुरूवाती अग्रता लिनुभएको छ । उहाँले ८४१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका टेकराज पौडेलले ५३८, एमालेकी मञ्जु चालिसेले ११९ र नेपाली कम्युनिस्ट पार्ट... थप हेर्नुहोस्
रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोदकुमार यादव अगाडि हुनुहुन्छ । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार यहाँ १८ हजार ४३७ मतगणना हुँदा यादवले पाँच हजार ५९७ मत प्राप्त गर्नुभएको छ । यस्... थप हेर्नुहोस्
झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार रास्वपा उम्मेदवार प्रकाश पाठकले दुई हजार ३३१ मत प्राप्त गर्नुभएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका ... थप हेर्नुहोस्
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको काठमाडौँका नौवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता हासिल गरिरहनुभएको छ । आज दिउँसो १ः०० बजेसम्म प्राप्त नतिजाअनुसार काठमाडौँ–२ मा रास्वपाका सुनिल केसीले पाँच ह... थप हेर्नुहोस्
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाका क्रममा कास्कीको निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । पछिल्लो प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिना गुरुङले सात हजार ५९१ मतसहित अग्रता लिन... थप हेर्नुहोस्
यही फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नं–४ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत हरिप्रसाद आचार्यका अनुसार सर्वदलीय बैठक बसेपछि कैलालीको गेटास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो । मतगणना ... थप हेर्नुहोस्
पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार यहाँ २४ सय ८५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्तप्रसाद चौरसियाले एक हजार ५१ मत ल्याएर अग्रता लिनुभएको छ । ... थप हेर्नुहोस्
