राष्ट्रिय समाचार

News-Image

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

  • २०८३ भाद्र ३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको सामुदायिक वन क्षेत्रको सार्वजनिक जग्गामा बस्दै आएकाहरुको अस्थायी घरटहरा हटाइएको छ । गाउँपालिकाले पटक–पटक ताकेता गरी अस्थायी टहरामा बस्दै आएकालाई बस्ती खाली गर्न आग्रह गरेको ... थप हेर्नुहोस्

News-Image

मौसम : यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

  • २०८३ भाद्र ३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौस... थप हेर्नुहोस्

News-Image

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

  • २०८३ भाद्र २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुढानिलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा आइतबार राति निधन हुनुभएका श्रेष्ठको मंगलबार साँझ शोभाभगवतीमा अन्त्येष्टि गरिएको हो । श्रेष्ठको अन... थप हेर्नुहोस्

News-Image

केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ

  • २०८३ भाद्र २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको साइबर ब्यूरोले बैंकबाट फोन गरेको भन्दै केवाइसी अपडेटका नाममा ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जय... थप हेर्नुहोस्

News-Image

मनसुनका कारण विभिन्न सडक प्रभावित

  • २०८३ भाद्र २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

अविरल वर्षासँगै आएको बाढीपहिरो, लेदो तथा सडक भासिएका कारण देशका विभिन्न स्थानका सडकखण्ड प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लाका १२ सडकखण्डमा आवागमन प्रभावित भएको छ । काभ्रेपलाञ्चोक–सिन्ध... थप हेर्नुहोस्

News-Image

बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक

  • २०८३ भाद्र २, मंगलवार
  • |  रामकुमार लिम्बू

झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा समेत कालोपत्र हुन सकेको छैन । झापा, इलाम र पाँचथरलाई जोड्ने महत्वपूर्ण पहुँच मार्गको रुपमा २०४९ सा... थप हेर्नुहोस्

News-Image

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

  • २०८३ भाद्र २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि सुरु हुने भएको छ । अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् । मोदी खोलाको कटानका कारण वी... थप हेर्नुहोस्

News-Image

जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते

  • २०८३ भाद्र २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो) दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भएर आज बिहान सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो ।... थप हेर्नुहोस्

News-Image

सहरबाट गाउँ फर्किएर हाँसपालनमा रमाएका चिरञ्जीवी

  • २०८३ भाद्र २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

विदेश जाने र सहर पस्ने सपना धेरैको हुन्छ । तर पर्वतको जलजला गाउँपालिका–८ फर्सेका चिरञ्जीवी श्रेष्ठको यात्रा भने फरक छ । दश वर्ष कतार बसेर फर्किएपछि बागलुङ बजारमा ११ वर्ष तरकारी पसल सञ्चालन गर्नुभयो । व्यापार राम्रै चले पनि २१ वर्षपछि उहाँ फेरि आफ्नै... थप हेर्नुहोस्

News-Image

सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

  • २०८३ भाद्र २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गर्नुभएको छ । जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उहाँको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् । मण्डलले भन्नुभयो, “जुटखेतीमा श्रम र समय... थप हेर्नुहोस्