
सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक ऋषिकेश गौली पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार उनलाई काठमाडौँ... थप हेर्नुहोस्
पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७३ साल वैशाख १ गतेदेखि २०८२ माघ २५ गतेसम्मको अवधिमा कूल एक हजार ५१९ वटा हावाहुरीका घटना भएक... थप हेर्नुहोस्
काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै त्यसको पहिचान, जोखिम न्यूनीकरण, निदान तथा उपचारका लागि पहल थालेको छ । कार्यवाहक प्रमुख सुनिता डङ्गोलले मानसिक स्वास्थ्यप्रति व्यक्तिगत तथा पारिवारिक दृष्टिकोण, समस्या भएका ... थप हेर्नुहोस्
पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको छ । अनुकूल याममा समेत उक्त मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो अवस्थामा रहेको पाइएको हो । जोमसोम नागरिक उड्डयन कार्यालयकाका प्रमुख दीपक पोखरेलका अनुसार गत आव २०८१/८२ को साउनदेखि असार मह... थप हेर्नुहोस्
हिउँदे वर्षाका कारण पहिरो जाँदा लमजुङको मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ । यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रब... थप हेर्नुहोस्
म्याग्दीको धवलागिरि गाउँपालिका–४ खाम्लाका ७४ वर्षीय पूर्णबहादुर जैसीले ५७ वर्षदेखि गर्दै घुम्ती गोठमा गर्दै आएको भैँसीपालन यसपालि छाड्नुभयो । अठार वर्षको उमेरदेखि जङ्गलमा घुम्ती गोठमा भैँसीपालेर जीविकोपार्जन गर्दै आउनुभएका पूर्णबहादुरले बढ्दो बुढ्यौ... थप हेर्नुहोस्
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ । सडक सुरक्ष... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ र बाँकी भूभागमा आंशिक बा... थप हेर्नुहोस्
निर्माण कम्पनीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता बिपरीत कमसल किसिमका इँटा प्रयोग गरेको पाइएपछि निर्माणाधीन भवनको पर्खाल भत्काइएको छ । निर्माण कम्पनी आकाश निर्माण सेवा सिन्धुपाल्चोकले निर्माणाधीन प्रशासनिक भवनमा एक नम्बरको इ... थप हेर्नुहोस्
सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार तिलोत्तमा नगरपालिका–१५ सखुवानीबाट २६ वर्षीय अजय थारुलाई मङ्गलबार पक... थप हेर्नुहोस्
