राष्ट्रिय समाचार

News-Image

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

  • २०८२ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बरा... थप हेर्नुहोस्

News-Image

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८२ चैत्र १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सडक दुर्घनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार महोत्तरीको, सोनमा गाउँपालिका–५ खैरबनी गाउँमा मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही गाउँपालिका–४ खेस्राहाका १९ वर्षीय रामजी... थप हेर्नुहोस्

News-Image

पत्नीको खुट्टा काट्ने पति पक्राउ

  • २०८२ चैत्र १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय पर्साले अमानवीय ढङ्गले हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार रहेका विश्वनाथ सहनीलाई शनिबार पक्राउ गरिएको जानकारी दिनुभयो । गत चैत १ गते ... थप हेर्नुहोस्

News-Image

चारपटक म्याथ थपेर बल्ल कालिकाको प्रशासकीय भवन सम्पन्न

  • २०८२ चैत्र १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

चितवनस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत गरेको छ । नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार आजदेखि नियमित काम नयाँ भवनबाट सुरु गरिएको जानकारी दिनुभयो । निर्माणको छ वर्षपछि भवन सम्पन्न भएको हो । निर्माण कम्पन... थप हेर्नुहोस्

News-Image

वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण

  • २०८२ चैत्र १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले कृत्रिम ताल निर्माण गरिएको छ । पछिल्लो समय सुक्खायाममा निकुञ्जभित्रका प्राकृतिक तालतलैया सुक्ने क्रम बढ्दै गएपछि निकुञ्जले वन्यजन्तु संरक्षणका लागि विभिन्न दाताको सहयोगमा कृत्रिम ताल निर्मा... थप हेर्नुहोस्

News-Image

सारङ्गीको धुनमा गुजारा

  • २०८२ चैत्र १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

बुटवल बसोबास गर्दै आउनुभएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती हुनुभएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभिन्न ठाउँ पुग्नुहुन्छ । परम्परागत गन्धर्व समुदायसँग सम्बन्धित यी दम्पतीले जीवनको अधिकांश समय सारङ्गीक... थप हेर्नुहोस्

News-Image

अबरुद्ध बिपी राजमार्गमा आज बिहानदेखि यातायात सञ्चालनमा

  • २०८२ चैत्र १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी कार्यालयले सडकमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्न अनुरोध गरेको छ ।... थप हेर्नुहोस्

News-Image

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

  • २०८२ चैत्र १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने पानीसँगै उहाँका पीडा र कष्ट पनि चुहिन्छन् । इलाम नगरपालिका-५ भार्लेनीका ५८ वर्षीय कृष्णबहादुर लिम्बूको ठूलो सपना छैन । एउटा ओतलाग्ने घर,... थप हेर्नुहोस्

News-Image

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

  • २०८२ चैत्र १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा ‘र्‍याफ्टिङ’ सुरु गरेका छन् । पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्ड... थप हेर्नुहोस्

News-Image

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

  • २०८२ चैत्र १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । फेदाप गाउँपालिकाको सेवा केन्द्र पोक्लाबाङ बजारदेखि करिब द... थप हेर्नुहोस्