राष्ट्रिय समाचार

News-Image

लकडाउनको देशव्यापी उल्लंघन, अब सरकारको कदम के हुन्छ ?

  • २०७७ जेष्ठ २२, बिहीबार

कोरोना भाइरसको फैलावट रोक्नका लागि सरकारले गत चैत ११ गतेदेखि घोषणा गरेको लकडाउनको देशव्यापी उल्लंघन भएको छ । राजधानी काठमाडौँसहित देशभरका शहरमा व्यापार व्यवसायहरु सुचारु हुन थालेका छन् । सरकारले लकडाउनको मोडालिटी फेर्ने तयारी गरिरहेको बताइरहेकै बेला ... थप हेर्नुहोस्

News-Image

‘उद्योगमा ताला लागेको छ, कर कसरी तिर्ने ?’

  • २०७७ जेष्ठ २२, बिहीबार

नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाईमा नेपालगञ्जमा व्यवसायीले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकारले असार ७ गतेभित्र कर तिर्न भनेपछि त्यो समयमा कर तिर्न नसकिने भन्दै व्यवसायीले प्रदर्शन गरेका हुन् । संघले बुधबार नै प्रमुख जिल्ला अधिकारीमार्फत ... थप हेर्नुहोस्

News-Image

न्यूरोड–असन–इन्द्रचोकका व्यवसायीले खोले सबैखाले पसलहरु

  • २०७७ जेष्ठ २२, बिहीबार

काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक क्षेत्रका व्यवसायीहरुले सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले व्यवसायीले बिहीबारदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म निश्चित समयका लाग... थप हेर्नुहोस्

News-Image

बालिका बलात्कार आरोपमा चार युवक पक्राउ

  • २०७७ जेष्ठ २२, बिहीबार

एक १५ वर्षीया बालिकालाई सामूहिक करणी गरेको आरोपमा सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा सिरहाको नरहा गाउँपालिका–४ निवासी २५ वर्षीय रामबाबु भन... थप हेर्नुहोस्

News-Image

मापसे गरेर क्वारेन्टिनमा बसेकालाई भेट्न गएपछि स्थानीयवासीले राखे वडाध्यक्षलाई क्वारेन्टिनमा

  • २०७७ जेष्ठ २२, बिहीबार

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन् । वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टिनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीय बासिन्दाले बुधबारदेखि क्वारेन्... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः देशभर चट्याङसहित वर्षा

  • २०७७ जेष्ठ २२, बिहीबार

मौसम पूर्वानुमान महाशाखाले नेपालमा आज स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको निसर्ग चक्रवातको प्रभाव परेको जनाएको छ । यसैगरी, हाल देशभरी नै सामान्य र पूर्ण बदली भइरहेको साथै प्रदेश १, २ र बाग्मती प्रदेशबाहेक अन्य प्रदेशका केही स्थानहरुमा हल्का... थप हेर्नुहोस्

News-Image

वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड, तीन जना पक्राउ

  • २०७७ जेष्ठ २२, बिहीबार

अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्ष पक्राउ परेका छन् । मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो । केसीसहित थप दुई युवासमेत पक... थप हेर्नुहोस्

News-Image

छ वर्षकी बालिकाले जितिन् कोरोना

  • २०७७ जेष्ठ २१, बुधबार

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका आज घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ... थप हेर्नुहोस्

News-Image

नेपालमा कोभिड १९ का कारण थप एकजनाको मृत्यु, ज्यान गुमाउने नौ पुगे

  • २०७७ जेष्ठ २१, बुधबार

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दोलखाका ७६ वर्षीय बृद्धको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार जानकारी दिए । उनी जेठ १३ गते काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए । उनलाई जे... थप हेर्नुहोस्

News-Image

माइतीघरबाट विप्लवका प्रभावशाली नेता ढकाल पक्राउ

  • २०७७ जेष्ठ २१, बुधबार

नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका अध्यक्ष एवम् नेकपाका पोलिटब्यूरो सदस्य चिरञ्जिवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकाललाई काठमाडौँको माइतीघरबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनी एमसीसीको विरोधमा माइतीघरमा आयोजित कार्य... थप हेर्नुहोस्