राष्ट्रिय समाचार

News-Image

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

  • २०८२ पुष २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र ... थप हेर्नुहोस्

News-Image

दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला

  • २०८२ पुष २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ... थप हेर्नुहोस्

News-Image

नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी

  • २०८२ पुष २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पर्यटकीय राजधानी पोखरामा बिहीबारदेखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ । सिर्जनशील कलाकार सूमह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभयो । ... थप हेर्नुहोस्

News-Image

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • २०८२ पुष २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गोरखामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । पालुङटार नगरपालिका–३ बोगटीगाउँका २८ वर्षीय शङ्कर सुनारको कुटपिटबाट २१ वर्षीया श्रीमती अनुस्का परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बिहीबार बिहान ११ बजेतिर श्रीमानको कुटप... थप हेर्नुहोस्

News-Image

बेलायत पठाउने भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

  • २०८२ पुष २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले रोजगारीका लागि बेलायत पठाउने भन्दै रु २८ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१६ घर भई हाल मध्यपुर थिमि नगरपालिका–२ बस्ने ३४ वर्षीय अमन महर्जन रहेको काठमाडौँ उपत्यका अपर... थप हेर्नुहोस्

News-Image

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

  • २०८२ पुष २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना घटे । त्यसमध्ये १५ वटा आगलागीका घटना भए । विपद्मा परेर कुल ४८ जना घाइते भए भने एक जनाको निधन भयो । विपद्... थप हेर्नुहोस्

News-Image

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

  • २०८२ पुष २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन् । उत्पादन बढी भए पनि बजार अभावमा लाखौँको किवी खेर ... थप हेर्नुहोस्

News-Image

राससद्वारा निर्वाचन लक्षित आचारसंहित जारी

  • २०८२ पुष २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय समाचार समिति (रासस)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै आफ्ना पत्रकार, कर्मचारी एवं यहाँबाट उत्पादन हुने सामग्रीको स्वनियमन गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता (परिमार्जन, २०८२) जारी गरेको छ । समितिको बुधबार बसेको सञ्चालक सम... थप हेर्नुहोस्

News-Image

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

  • २०८२ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन ग... थप हेर्नुहोस्

News-Image

जेनजी आन्दोलनका सहिद : माल्टा जाने तयारीमा हुनुहुन्थ्यो योगबहादुर

  • २०८२ पुष २४, बिहीबार
  • रुपक पुरी

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ का २२ वर्षीय योगबहादुर श्रेष्ठ गाउँमै उच्च माध्यमिक तहको अध्ययन सकेर तीन वर्षअघि आत्मनिर्भर बन्ने सिलसिलामा काठमाडौँ जानुभएको थियो । स्नातक तहमा अध्ययनरत श्रेष्ठ पछिल्लो समय माल्टा जाने तयारी गर्दै हुनुहुन्थ्यो ।... थप हेर्नुहोस्