राष्ट्रिय समाचार

News-Image

प्रधानमन्त्री राहत कोषमा राणाद्वारा एक करोड नौ लाख सहयोग

  • २०८३ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले रु एक करोड नौ लाख आर्थिक सहयोग गर्नुभएको छ । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो सहयोग हो । व्यावसायिक पृष्ठभूमिकी ८७ वर्षीया राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाउनुभएको रकमको चेक... थप हेर्नुहोस्

News-Image

नुवाकोटमा बाढी प्रभावितको व्यवस्थापनका लागि १२ अस्थायी शिविर सञ्चालनमा

  • २०८३ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न नुवाकोटका विभिन्न स्थानीय तहमा १२ वटा अस्थायी शिविर सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाढी प्रभावितको तत्कालीन बसोबास व्यवस्थापन तथा राहत वितरणलाई स... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : मृतकको सङ्ख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन

  • २०८३ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार फेला पर... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी अपडेट : ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन

  • २०८३ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक गएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४८९ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार दिउँसो १२ बजेसम्म विभिन्न जिल्लामा ४८९ जनाको शव फेला परेको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी अपडेट : चार सय ६९ जनाको शव फेला, १५४५ को उद्धार   

  • २०८३ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रसुवा बाढीमा परी आज बिहानसम्म मृत्यु हुनेको सङ्ख्या ४६९ पुगेको छ । नेपाल प्रहरीका अनुसार हालसम्म रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, तनहुँमा २८, चितवनमा १७८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ । प्रहरीका ... थप हेर्नुहोस्

News-Image

पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध

  • २०८३ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–गल्छीखण्ड, मुग्लिन–नारायणगढ, मेची राजमार्ग, रुकुमपश्चिम भेरी करिडोर, पासाङल्हामु, रोल्पाको श... थप हेर्नुहोस्

News-Image

चाँगुनारायण नगरपालिकाले ५० लाख सहयोग गर्ने

  • २०८३ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरको चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख ३५ हजार सहयोग गर्ने निर्णय गरेको छ । स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापन... थप हेर्नुहोस्

News-Image

सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली

  • २०८३ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हेटौँडावासीको अवस्था बुझ्न नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँसहितको टोली धादिङ तथा काठमाडौँका विभिन्न अस्पताल पुगेको छ । टोलीले बिहीबार धादिङको गल्छी क्षेत्रसहित त्रिवि शिक्षण अस्... थप हेर्नुहोस्

News-Image

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

  • २०८३ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बागलुङका छ पालिकाले रु २१ लाख ७० हजार सहयोग गर्ने भएका छन् । जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, वडिगाड गाउँपालिका र काठेखो... थप हेर्नुहोस्

News-Image

इप्पानले बाढीपीडितलाई पाँच करोड सहयोग गर्ने

  • २०८३ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड पाँच लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ । इप्पानको बिहीबारको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति श्रद्धाञ्जली तथा ... थप हेर्नुहोस्