
कञ्चनपुर र दाङबाट जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ पिपरैयास्थित सोही नगरपालिका-१३ बस्ने ३५ वर्षीय सुरेन्द्र बोहराको पसलमा जुवातास खेलिरहेको अवस्थामा सुरेन्द्र समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ ... थप हेर्नुहोस्
झापास्थित दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल ... थप हेर्नुहोस्
सिन्धुुलीको कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिएर बस्ती नै जोखिममा परिरहेको छ । यहाँ हायु समुदायको मात्रै बसोबास रहेको छ । शुक्रबार जिल्ला सुरक्षा समितिको टोली निरीक्षण गर्न यहाँ पुग्यो, तर प्रभावित हायु परिवारमा कुनै उत्साह थिएन । प्रभावित परिवा... थप हेर्नुहोस्
हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान ... थप हेर्नुहोस्
गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन इलाम, स्थानीय बास... थप हेर्नुहोस्
तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौँका विभिन्न स्थानका बजारमा अहिले किनमेल गर्नेको चहलपहल बढेको छ । यसपटक तिहार आगामी कात्तिक २ गतेदेखि सुरु हुँदैछ । तर, तिहारमा आवश्यक पर्ने सामग्री पहिले नै किन्न उपभोक्ता बजारमा धाउन था... थप हेर्नुहोस्
कैलालीको घोडाघोडी-८ की अस्मिता थापाको अनुहार पीडाले थिचिएको छ । घर वरिपरी सन्नाटा छाएको छ । हाँसो गुञ्जिने आँगनमा अहिले रुवाबासी चलेको छ । शुक्रबार राति अस्मिताका श्रीमान् २८ वर्षीय केशर बुढाको घाँटी काटेर हत्या भएपछि उहाँलाई खपिनसक्नु भएको हो । भार... थप हेर्नुहोस्
नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ । ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेक... थप हेर्नुहोस्
गत भदौ तेस्रो साता भएको ‘जेनजी’ प्रदर्शनका क्रममा काभ्रेमा तोडफोड ,आगजनी तथा अन्य घटनामा संलग्न भएका अभियोगमा थप एघारलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा रिहा भएलगत्तै पुनःपक्राउ गरेको हो । ... थप हेर्नुहोस्
उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम सुरु गर्ने भएको छ । अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार मुद्दा दर्ता, रिट, निषेधाज्ञाको निवेदन, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहित... थप हेर्नुहोस्
