राष्ट्रिय समाचार

News-Image

धरान विद्युत् कार्यालयको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

  • २०८३ असार ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते हुनुभएको छ । धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति सवारी दुर्घटना भएको थियो । धरानबाट इटहरीतर्फ जा... थप हेर्नुहोस्

News-Image

बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

  • २०८३ असार ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ । दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलसतह बढेपछि शालिग्राम शिला डुबानमा परेको हो । शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र ... थप हेर्नुहोस्

News-Image

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल

  • २०८३ असार ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२ किलोमिटर सडक ग्राभेल सम्पन्न भएको छ । तराई र पहाड जोड्ने यस सडकको निर्माण समयमै सम्पन्न हुन नसकेपछि चार पटक म्याद थप गर्दै पाँच वर्षपछि ग्राभेलको काम सकि... थप हेर्नुहोस्

News-Image

बस्ती जोगाउन तटबन्ध निर्माण

  • २०८३ असार ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको छ । सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले माझीटारको बस्ती र खेतीयोग्य जमिन संरक्षणका लागि हेंवा खोलाको दुवैतर्फ त... थप हेर्नुहोस्

News-Image

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने

  • २०८३ असार ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ एम्बुलेन्स खरिद गर्ने भएको छ । सङ्घको ३७औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शपथग्रहण र पदस्थापन समारोहमा उक्त निर्णय गरी घोषणा गरिएको हो । मकवानपुरस्थित सङ्घक... थप हेर्नुहोस्

News-Image

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

  • २०८३ असार ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको छ । कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लामा ५८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्ष जिल्लाभर १० हजार ५०० हेक्टरमा बर्खे धान रोप्ने लक्ष्य छ । कृषि विकास कार्यालयका सूचना अधिकारी सुमन भ... थप हेर्नुहोस्

News-Image

पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम

  • २०८३ असार ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनकपुरधाम उपमहानगरपालिकाले सफा, स्वच्छ, सुन्दर नगर बनाउने उद्देश्यका साथ आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिको १५औँ नगरसभामा सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगरप्रमुख मनोजकुमार साहले ‘स्वच्छ, सुशासित, समृद्ध पर्यट... थप हेर्नुहोस्

News-Image

मौसम : मुलुकका अधिकांश स्थानमा वर्षा हुने

  • २०८३ असार ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली ... थप हेर्नुहोस्

News-Image

भौतिक विकासको पर्खाइमा पलगडी गाउँ

  • २०८३ असार ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका–११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढा छ । कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भागमा रहेको यो गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै... थप हेर्नुहोस्

News-Image

कैलालीका नदीमा डल्फिनको चहलपहल

  • २०८३ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ । कर्णालीका सहायक नदीअन्तर्गत टीकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन् । संरक्षणकर्मी भोजराज ढुङ्गानाले नदीमा जलस्तर बढेसँगै बच्चा हुर्काउन आउने ड... थप हेर्नुहोस्