
लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको शनिबार निधन भएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारका क्रममा उहाँको निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले ... थप हेर्नुहोस्
गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल तीन हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २२ जना बेपत्ता भए भने सात सय ७४ जना घाइत... थप हेर्नुहोस्
सङ्घीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूचीअनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । शनिबार धनगढीमा आयोजित पार्टीको बैठकमा गौतमले २०८४ को निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्याउने आफ्नो सङ्कल्पलाई... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपा मुलुकको पहिलो पार्टी बन्ने भएकाले सोही अनुसार तयारी थाल्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीको ११औँ जिल्ला अधिवेशनलाई शनिबार विर्तामोडमा सम्बोध... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनमा नेपाली विशेषतासहितको समाजवाद निर्माणबारे बहस हुने बताउनुभएको छ । प्रेस चौतारी नेपालले शनिबार आयोजना गरेको दोस्रो विधान महाधिवेशनसम्बन्धी पत्रकारह... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकबाट दासप्रथाको पूर्ण अन्त्य गर्न सरकारले गम्भीर प्रयास गरिरहेको बताउनुभएको छ । शनिबार नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको आयोजनामा सम्पन्न ‘समृद्ध बागमतीका लागि युवा सहभागिता’ विषयक व... थप हेर्नुहोस्
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले सहकारीलाई दिगो र विश्वासिलो बनाउन चुनौतीको सामना गरेर अगाडि बढ्न आग्रह गर्नुभएको छ । महिलाहरूकै नेतृत्व र व्यवस्थापनमा सञ्चालन भएको अक्षयकोष बचत तथा ऋण सहकारी संस्थाको १५औँ साधारणसभाको शनिबार उद्घाटन गर्दै उहा... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बन्दै गएको बताउनुभएको छ । मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको दोस्रो प्रदेश अधिवेशनको शनिबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँले स्वास्थ्य... थप हेर्नुहोस्
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला उद्यमशीलतालाई सम्मान गर्दै आत्मनिर्भरतातर्फ अघि बढाउन महिलाका लागि अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा शनिबार आयोजित ‘नारीः शक्ति, समर्पण र सम्मान’ विषयक बृहत् मह... थप हेर्नुहोस्
