
राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेप... थप हेर्नुहोस्
आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमका साथ आयोजना हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा गठ... थप हेर्नुहोस्
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उहाँले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औँल्याउनुभएको छ ... थप हेर्नुहोस्
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर ‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार मधेस प्रदेशको जनकपु... थप हेर्नुहोस्
गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । निर्वाचन तयारीको सिलसिलामा बुधबार काठमाडौँको निर्वाचन क्षेत्र न... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा सुशासन स्थापना गर्ने प्रतिज्ञा गर्नुभएको छ । जनकपुरको तिरूहुतिया गाछीमा बुधबार आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै उहाँले सबैलाई समेटेर लैजान कांग्रेस सक्षम रहेको दाबी गर्नुभयो । सभापति थापाले भन्नुभयो... थप हेर्नुहोस्
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बदलिएको कांग्रेसले स्वभाव, चरित्र र आचरण बदलेर सुशासनयुक्त सरकारलाई जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा निर्वाचन २०८२ का सन्दर्भमा जानकारी दिन नेपाली कांग्रेसले बुधबार पार्टीको केन्द्रीय ... थप हेर्नुहोस्
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले बुधबार पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले कट्टेललाई बुधबार कीर्तिपुरबाट प... थप हेर्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा उत्रिएको बताउनुभएको छ । रास्वपाले बुधबार धनगढीमा आयोजना गरेकोे परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उहाँले रास्वपाले राजनीतिक विकृति र विसङ्गतिविरुद्ध ... थप हेर्नुहोस्
नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक व... थप हेर्नुहोस्
