मुख्य समाचार

News-Image

जेनजी प्रदर्शनमा गोली लागेर इटहरीमा दुई जनाकाे मृत्यु

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

‘जेनजी’ पुस्ताको आन्दोलनमा सुनसरीको इटहरीमा सोमबार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालउका प्रवक्ता योगराज खतिवडाले मृतक करिब २५–२६ वर्षका रहेका भए पनि पहिचान खुल्न नसकेको बताउनुभयो । आन्दोलनमा घाइते भएका तीन जनालाई बिपी कोइराला स्वास्थ्य... थप हेर्नुहोस्

News-Image

जेनजीको प्रदर्शन अनियन्त्रित भएपछि इटहरीमा कर्फ्यू आदेश जारी

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय सुनसरीले आज अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि इटहरी उपमहानगरपालिकामा निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रक... थप हेर्नुहोस्

News-Image

जेनजी प्रदर्शनका घाइतेलाई अस्पताल पुर्याउन काठमाडौँ महानगरले खटायो १५ एम्बुलेन्स

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरू अस्पताल पुर्याउनका लागि १५ वटा एम्बुलेन्स खटाएको जनाएको छ । कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार आन्दोलनका क्रममा घाइतेलाई छिटो अस्पताल लैजान एम्बुलेन्स खटाउनुका साथै घाइतेहरूक... थप हेर्नुहोस्

News-Image

जेनजीहरूको प्रदर्शन उग्र बनेपछि रुपन्देहीको भैरहवा र बुटवलमा निषेधाज्ञा जारी

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यहाँको भैरहवा र बुटवलमा निषेधाज्ञा आदेश जारी गरेको छ । आज अपराह्न ४ः०० बजेदेखि रातिको १०ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि भैरहवाको पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालत बार एसोसिएसनले सामाजिक सञ्जालमाथि प्रतिबन्धसम्बन्धी निर्णय तत्काल स्थगन गर्न सरकारसँग माग गरेको छ । सर्वोच्च बारका सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जाल आमनागरिकको अभिव्यक्ति र सम्पर्कको माध्यम भएकाले उक्त निर्णय... थप हेर्नुहोस्

News-Image

‘जेनजी’को प्रदर्शन अराजक बनेपछि पोखरामा निषेधाज्ञा जारी

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पोखरा महानगरपालिका–७ सहिदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो २ बजेदेखि... थप हेर्नुहोस्

News-Image

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बूढानीलकण्ठमा

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको छ । आजको घटनाका विषयमा छलफल गर्न सभापति देउवाले बेलुकी ५ः०० बजे आकस्मिक बैठक बोलाउनुभएको पार्टीका मु्ख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकार... थप हेर्नुहोस्

News-Image

‘जेनजी’को माग तत्काल सम्बोधन गर्न माओवादीको आग्रह

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी’ पुस्ताले उठाएका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । जनजागरण अभियानअन्तर्गत गोरखा पुगेको माओवादी केन्द्रले भीमसेन थापा गाउँपालिका–३, टारिफाँटमा सोमबार आकस्मिक पदाधिकारी बैठक राखी उक्त मा... थप हेर्नुहोस्

News-Image

‘जेनजी’को प्रदर्शनमा गोली लागि चौध जनाको मृत्यु, १०० जनाभन्दा बढी घाइते

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचाररत छ प्रदर्शनकारीको मृत्य... थप हेर्नुहोस्

News-Image

सुरक्षाका लागि खटाइयो नेपाली सेना

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । आज बिहानदेखि माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि अराजक बनेर तोडफोड र आगजनीमा ... थप हेर्नुहोस्