संसदीय

News-Image

प्रतिनिधिसभामा सांसदद्वारा जलवायु न्याय र क्षतिपूर्तिको माग

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभामा भोटेकोशी बाढी नेपालको कारणले सिर्जित नभएको दाबी गर्दैै जलवायु न्याय र क्षतिपूर्तिसम्बन्धी माग गरिएको छ । बिहीबारको बैठकमा भाग लिँदै सांसदहरूले नेपालले बेहोर्नुपरेको क्षतिसम्बन्धी विषय अन्तरराष्ट्रिय मञ्चमा सरकारले उठाउनुपर्नेमा जोड दिन... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसँग सर्वदलीय बैठक आयोजना गर्न आग्रह

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको विशेष समयमा आफ्ना धारणा र... थप हेर्नुहोस्

News-Image

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ : नेता शाही

  • २०८३ भाद्र १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले विपद्मा आरोप प्रत्यारोप नभई आफ्नो पार्टीले सरकारलाई खोज... थप हेर्नुहोस्

News-Image

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँ : सांसद राई

  • २०८३ भाद्र १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

श्रम, संस्कृति पार्टीका सांसद धु्रवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारसँग विभिन्न मुद्दामा असहमति भए पनि विपद्मा साथ दिन श्रमदा... थप हेर्नुहोस्

News-Image

विपद्मा सुरक्षाकर्मीसँगै जनपरिचालन पनि हुनुपर्छ : संयोजक दाहाल

  • २०८३ भाद्र १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपत्तिको अवस्थामा सरकारले सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा दलीय आधारमा मन्तव्य राख्दै उहाँले सङ्कटको समयमा सरकार जनताको साथ... थप हेर्नुहोस्

News-Image

प्राकृतिक विपत्तिपछिको अवस्थामा राष्ट्रिय सहमति आवश्यक छ : एमाले नेता थापा

  • २०८३ भाद्र १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय सहमति र सामूहिक पहलबाट मात्रै विद्यमान प्राकृतिक विपत्तिपछिको सङ्कटको सामना गर्न सकिने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा दलीय आधारमा सम्बोधन गर्दै नेता थापाले उद्धार, राहत... थप हेर्नुहोस्

News-Image

नेता आङ्देम्बेद्वारा बाढीमा बेपत्ताको खोजीलाई तीव्र बनाउन आग्रह

  • २०८३ भाद्र १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस संसदीय नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी बाढीमा बेपत्ताको भएका नागरिकको खोजीलाई तीव्र बनाउन, पीडितलाई राहत दिन र विस्थापितलाई सुरक्षित बनाउन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उहाँले त्यसपछि सँगसँगै पुन... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित  

  • २०८३ भाद्र १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा प्रस्ताव राख्दै उहाँले विपद्बाट ज्यान ... थप हेर्नुहोस्

News-Image

नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व हो : रास्वपा उपनेता पराजुली   

  • २०८३ भाद्र १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले विपत्का बेला नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका तर्फबाट भनाइ राख्दै उहाँले रसुवाको भोटेकोशी बाढी पीडित परिवारले ... थप हेर्नुहोस्

News-Image

आज प्रतिनिधिसभाको बैठक बस्दै

  • २०८३ भाद्र १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्नुहुने सम्भावित कार्यसूची छ । बैठकमा सभामुख अर्यालले ... थप हेर्नुहोस्