राष्ट्रिय समाचार

News-Image

देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मुलुकमा करिब १४ लाख हेक्टर जमि... थप हेर्नुहोस्

News-Image

बागलुङमा पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षात सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी नागरिकलाई सचेत गराउँदै आएको हो । यस वर्षको मनसुनमा जिल्लाभर पाँच हजार ८७२ घर बाढी पह... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही... थप हेर्नुहोस्

News-Image

सात लाख बढी घुससहित वन अधिकृत पक्राउ

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँ... थप हेर्नुहोस्

News-Image

शेयर लगानीकर्ता अग्रवालसहित तीन जना पक्राउ

  • २०८२ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले मोरङ विराटनगर महानगरपालिका–९ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१४ बस्ने ४२ वर्षीय दीपेन्द्र अग्रवालसहित तीन जना शेयर लगानीकर्तालाई पक्राउ गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बस्ने ६० वर्षीय द... थप हेर्नुहोस्

News-Image

जनकपुरमा प्रेमिकाले गरे प्रेमीको हत्या

  • २०८२ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनकपुरको एक होटलमा युवकको हत्या गरेको आरोपमा पक्राउ परेकी एक युवतीलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । जनकपुरधामको होटल एसपी एन्ड गेष्ट हाउसमा विमलेश यादवको हत्या अभियोगमा युवतीलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । महोत्तरीको बलवा नगरपालि... थप हेर्नुहोस्

News-Image

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

  • २०८२ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्खुवासभामा हत्या प्रकरणका अभयुक्त २१ वर्षपछि पक्राउ परेका छन् । भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि पक्राउ परेका हुन् । हत्यालगत्तै फरार भएका चैनपुर नगरपालिका–९ खाम्लिङका ६२ वर्षीय शम्शेरबहादुर ता... थप हेर्नुहोस्

News-Image

तुइनमै चुँडियो नारायणको सन्तानको अनुहार हेर्ने सपना

  • २०८२ श्रावण ५, सोमबार
  • नरेन्द्रसिँह कार्की

दार्चुलाको व्यास गाउँपालिका–२ तल्लो दुम्लिङ । बिहानको चिसो हावाले घरको आँगन हल्लाउँदै थियो । नौ महिनाकी गर्भवती श्रीमती जानकी बुढाथोकी (जन्ना)को आँखामा चनाखो प्रतीक्षा झल्किएको थियो । श्रीमान् नारायणसिंह बुढाथोकी भारतीय बजार जानको लागि तयारी गर्दै हु... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  • २०८२ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोल सम्झनाटोल बस्ने ७० वर्षीय सानुबाबु देउलाको घरमा जुवातास खेलिरहेको अवस्थामा सानुबाबु समेत ७ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय ५० र... थप हेर्नुहोस्

News-Image

१७ र १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

  • २०८२ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ गरेको छ । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङको निलकण्ठ नगरपालिका-३ बस्ने १९ वर्षीय अमृत जंग मल्ल समेत दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बाल... थप हेर्नुहोस्