त्रिकोणात्मक सिरिजमा नेपाल र पीएनजी भिड्दै

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गतको चौथों खेलमा नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । आज (बिहीबार) नेपाल र पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) भिड्न लागेका हुन् ।

किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार १२:३० बजे सुरु हुनेछ । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको घरेलु टोली नेपालले बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । आज नेपाल तेस्रो जित निकाल्दै एक खेल अगावै फाइनल पुग्ने योजनाका साथ मैदान उत्रदैछ । त्यस्तै पहिलो खेलमा नेपाल र दोस्रो खेलमा मलेसियासँग पराजित भएको पपुवा न्युगिनी (पीएनजी) पनि सिरिजमा पहिलो जित निकाल्दै फाइनलमा पुग्ने सम्भावामा जिवितै राख्ने योजनामा रहेको छ ।



पीएनजी पहिलो खेलमा नेपालसँग १५ रनले र दोस्रो खेलमा मलेसियासँग ८ रनले पराजित भएको थियो । नेपाल २ खेलमा २ जितसहित ४ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने २ खेलमा जितविहिन रहेको पीएनजी पुछारमा रहँदा २ खेलमा १ जित र १ हार सहित २ अंक जोडेको मलेसिया दोस्रो स्थानमा रहेको छ । मलेसिया २ खेलमा २ जित १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।मार्च २८ देखि अप्रिल ४ सम्म हुने सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

 

सम्बन्धित समाचार