त्रिकोणात्मक सिरिजमा नेपाल र मलेसिया भिड्दै

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गतको छैटौं तथा लिग चरणको अन्तिम खेलमा नेपाल र मलेसिया भिड्दै छन् । आज (शनिबार) नेपाल र पाहुना टोली मलेसिया भिड्न लागेका हुन् ।

किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार १२:३० बजे सुरु हुनेछ । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको घरेलु टोली नेपालले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा पीएनजीलाई ३७ रनले पराजित गरेको थियो । त्यस्तै पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई नै ८ रनले पराजित गरेको मलेसिया दोस्रो खेलमा घरेलु टोली नेपालसँग ६ विकेटले र तेस्रो खेलमा पीएनजीसँग ८ विकेटले पराजित भएको थियो ।



फाइनल प्रवेश गर्न मलेसियालाई आजको खेल जित्ने पर्ने दबाब छ । नेपाल ३ खेलमा ३ जित सहित ६ अंक जोड्दै एक खेल अगाबै फाइनल प्रवेश गरिसकेको छ भने ४ खेलमा १ जित र ३ हारसहित पीएनजी दोस्रो स्थानमा रहँदा मलेसिया ३ खेलमा १ जित र २ हारसहित रनरेटमा पीएनजी भन्दा पछि रहँदै तेस्रो स्थानमा रहेको छ । मार्च २८ देखि अप्रिल ४ सम्म हुने सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।

सम्बन्धित समाचार