सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेलाई पक्राउ पुर्जी जारी भएको छ । बिहीबार सन्दीपलाई जिल्ला अदालत, काठमाडौंले पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरी बृत्त गौशालामा एक १७ वर्षीय नाबालिगले सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी थिइन् । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गर्नु पर्ने भन्दै जिल्ला अदालतलाई पक्राउ पुर्जी जारी गर्न अनुमति मागेको थियो । सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको घर नुवाकोट रहेको प्रहरीको उच्च स्रोतले बताएको छ ।



सन्दीप हाल क्यारेबियन प्रिमियर लिगको लागि वेस्ट इन्डिजमा रहेका छन् । लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ । सन्दीपसहित नेपाली टोली भदौ ६ गते केन्या प्रस्थान गरेका थिए ।

यो पनि पढ्नुस :

सन्दीपले मागे क्यानसँग यस्तो सहयोग

सन्दीपविरूद्ध किटानी जाहेरी परेको विषयमा जिल्ला प्रहरी परिसरले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

सन्दीपविरूद्ध बलात्कार गरेको आरोपमा जाहेरी

सम्बन्धित समाचार