नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असोज।

संविधानसभा सदस्य विजय पौडेलको ६० वर्षको उमेरमा निधन भएको छ ।
सोमबार दिउँसो उपचारका क्रममा कीर्तिपुर अस्पताल लैजाने क्रममा उहाँको बाटोमा निधन भएको हो । नैकापस्थित निवासमै रहेका बेला असहज महसुस भएपछि उहाँलाई कीर्तिपुर अस्पताल लगिएको थियो ।
स्वर्गीय पौडेलका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।
