कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्ने बताउनुभएको छ ।

पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले सोमबार पोखरामा आयोजना गरेको शोकसभामा उहाँले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई समेट्नुपर्ने बताउनुभयो ।

सभापति थापाले कांग्रेस ठूला नेताहरूको मात्र नभई गाउँमा बस्ने र पार्टी निर्माणमा योगदान दिएका सबैको पार्टी भएको बताउनुभयो । सभामा दिवङ्गत नेता गुरुङले पार्टी र समाजमा पु¥याउनुभएको योगदानको स्मरण गरिएको थियो ।

कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुक सहभागी थिए ।

सम्बन्धित समाचार