अन्तर्राष्ट्रिय

News-Image

युक्रेन युद्धमा बङ्गलादेशी कामदारको पीडा

  • २०८२ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

युक्रेन युद्धमा बङ्गलादेशी कामदारहरूलाई नागरिक कामको झुटो आश्वासन दिएर रुस लगिएको र पछि लडाइँमा जबर्जस्ती धकेलिएको एसोसिएटेड प्रेस (एपी) को अनुसन्धानले खुलासा गरेको छ । एपीले रुसबाट भाग्न सफल तीन जना बङ्गलादेशी पुरुष तथा अझै बेपत्ता रहेका अन्य तीन ज... थप हेर्नुहोस्

News-Image

मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु

  • २०८२ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । यो आक्रमण सलामान्का शहरको छिमेकमा भएको थियो । मेयरको कार्याल... थप हेर्नुहोस्

News-Image

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री लीको भियतनाममा निधन

  • २०८२ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री ली हे–चानको आइतबार भियतनाममा उपचारका क्रममा निधन भएको छ । योनहापका अनुसार ली जनवरी २३ मा शान्तिपूर्ण एकता सल्लाहकार परिषद्को एशिया–प्रशान्त क्षेत्रीय समितिको बैठकमा भाग लिइरहेका बेला भियतनाममा बेहोस हुनुभएपछि उहाँ... थप हेर्नुहोस्

News-Image

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

  • २०८२ माघ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा सार्वजनिक सम्बोधन गर्न अनुमति दिएकोमा आफू ‘आश्चर्यचकित’ र ‘स्तब्ध’ भएको बताएको छ । बङ्गलादेशमा गत वर्ष विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले उत्कर्ष रूप लिएपछि प्रधानमन्त्रीको क... थप हेर्नुहोस्

News-Image

आज अन्तरराष्ट्रिय शिक्षा दिवस मनाइँदै

  • २०८२ माघ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

आज अन्तरराष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो । शिक्षा मानव अधिकार, सार्वजनिक हित तथा सार्वजनिक जिम्मेवारी भएकाले शान्ति, समावेशी विकास र दिगो भविष्यको आधार भएकाले यसको... थप हेर्नुहोस्

News-Image

ट्रम्पको कदमपछि युरोपमा राहत

  • २०८२ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी आफ्नो कडा अडान नाटकीय रूपमा परिवर्तन गरेपछि युरोपेली देशहरूले बिहीबार राहतको सास फेरेका छन् । स्विट्जरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक फोरममा सहभागी युरोपेली नेताहरूले एक दिनअघि मात्रै आठ य... थप हेर्नुहोस्

News-Image

दक्षिण कोरियाका पूर्वराष्ट्रपति सुक युनलाई पाँच वर्ष कैद

  • २०८२ माघ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई मार्सल ल लागू गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । सन् २०२४ को अन्त्यतिर उहाँले जारी गर्नुभएको आदेश तथा त्यससँग जोडिएका अन्य आरोप... थप हेर्नुहोस्

News-Image

अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक

  • २०८२ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिकाले सार्वजनिक कल्याण र लाभको सम्भावित दुरुपयोगको चिन्तालाई उद्धृत गर्दै ७५ वटा देशका नागरिकहरूलाई आप्रवासी भिसा जारी गर्नमा अस्थाई रोक लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी विदेश विभागले यो निर्णय गरेक... थप हेर्नुहोस्

News-Image

नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै

  • २०८२ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चिकित्सकीय हेरचाह आवश्यक परेपछि नासाले इतिहासमै पहिलोपटक मेडिकल निकासी प्रक्रिया अपनाउँदै चार अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट पृथ्वी फर्काउने निर्णय गरेको छ । बुधबार एक जना बिरामी अन्तरिक्ष यात्रीसहित तीन जना चालक द... थप हेर्नुहोस्

News-Image

इरानमा विरोध प्रदर्शन : मृतकको सङ्ख्या दुई हजार ५७१ पुग्यो

  • २०८२ पुष ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

इरानमा विरोध प्रदर्शनमा मृतकको सङ्ख्या दुई हजार ५७१ पुगेको छ । सरकारले प्रदर्शन नियन्त्रण गर्न सञ्चार माध्यमहरू बन्द गरेपछि स्थानीय नागरिकहरूले बाहिरका साथीभाइसँग मङ्गलवारदेखि पहिलो पटक फोनमार्फत सम्पर्क गरेका छन् । इरानी राज्य टेलिभिजनले पहिलोपटक म... थप हेर्नुहोस्