मुख्य समाचार

News-Image

भृकुटीमण्डपमा आजदेखि अतिरुद्र विश्वकल्याण महायज्ञ सुरु

  • २०८१ कार्तिक २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ आजदेखि सुरु भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनद्वारा आयोजित महायज्ञ नेपाली कर्ताकै सहयोगबाट भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । महायज्ञ भावातित ध्यान एवं सिद्धि साध... थप हेर्नुहोस्

News-Image

निर्धारित समयमै विमानस्थलको स्तरोन्नति गर्न वायुसेवा सञ्चालक सङ्घको माग

  • २०८१ कार्तिक २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वायु सेवा सञ्चालक सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य तदारुक्ताका साथ निर्धारित समयमै गर्न माग गरेको छ । सङ्घले बुधबार विज्ञप्ति जारी गरी विमानस्थल स्तरोन्नति निर्धारित समयमा सम्पन्न नभएमा सदस्य वायुसेवा कम्पनीहरू आर्थिक घाट... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय एकता मजबुत बनाउन छठ पर्वको विशिष्ट भूमिका छ : सभाध्यक्ष दाहाल

  • २०८१ कार्तिक २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले हरेक समुदाय, जाति र क्षेत्रमा आफ्नो संस्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

  • २०८१ कार्तिक २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएकामा राष्ट्रपति ट्रम्पलाई बधाई दिनुहुँदै कार्य... थप हेर्नुहोस्

News-Image

छठ पर्वको मुख्य दिन आज

  • २०८१ कार्तिक २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोप... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई

  • २०८१ कार्तिक २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विटमार्फत ऐतिहासिक जित हासिल गर्नुभएकामा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको... थप हेर्नुहोस्

News-Image

एमाले काठमाडौँद्वारा उपनिर्वाचनमा लागि उम्मेदवार सिफारिस

  • २०८१ कार्तिक २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले आगामी उपनिर्वाचनका लागि उम्मेदवारको सिफारिस गरेको छ । एमाले काठमाडौँ जिल्ला कमिटीको बुधबार बसेको बैठकले नगरकमिटीबाट आएका उम्मेदवारको नामलाई सर्वसम्मत निर्णय गर्दै सिफारिस गरेको हो । जिल्ला अध्यक्ष दीपक निरौलाले ... थप हेर्नुहोस्

News-Image

तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन

  • २०८१ कार्तिक २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन् । एमाले नेता तथा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दुई दिनअघि गठित संयन्त्रमा केन्द्रको हकमा एमालेका चार र क... थप हेर्नुहोस्

News-Image

‘आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने’

  • २०८१ कार्तिक २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले बुधबार वालिङमा आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्र... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जानहुँदै

  • २०८१ कार्तिक २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन यही कात्तिक २५ गते त्यसतर्फ जान लाग्नुभएको छ । अजरबैजानका राष्ट्रपति इल्हम अलियभक... थप हेर्नुहोस्