
दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयक... थप हेर्नुहोस्
धरान उपमहानगरपालिका–५ देउरालीका ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या अभियोगमा सोही उपमहानगरपालिका–१५ का वर्षीय भरत विक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार आपसी वादविवादको क्रममा भरतले कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेनको बिपी कोइराल... थप हेर्नुहोस्
देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित २१ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, बर्दिया, कैलाली, सुनसरी, नवलपरासीपूर्व, दाङ, रुपन्देही र मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो । अभियुक्तहरूबाट ... थप हेर्नुहोस्
हेटौँडा– नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक... थप हेर्नुहोस्
स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन् । विगतका सहमति कार्... थप हेर्नुहोस्
जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को सहयोग लिएर काम थालेको छ । घटनाको सुक्ष्म अध्ययनका लागि प्रहरी निर... थप हेर्नुहोस्
तनहुँको व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल क्षति भएको छ । व्यास नगरपालिका–१ विज्ञानचौरका शिव ताम्राकार र सोही नगरपालिका–६ बाह्रबिसेका पूर्णबहादुर श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेको होटलमा आगलागी ह... थप हेर्नुहोस्
चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन् । यो रोगले चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बङ्गुर मरेका पशु चिकित्सक डा सुलभ चौधरीले बताउनुभएको छ । एक साताको अन्तरालमा १४ वटा बङ्गुर मरेका किसान गुरोले दुखेसो गर... थप हेर्नुहोस्
नेपाल विश्व व्यापार स्गठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार यही फागुन २७ गतेको महासभा बैठकले नेपाललाई एक वर्षे कार... थप हेर्नुहोस्
गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका बेला उहाँलाई रुख... थप हेर्नुहोस्
