मुख्य समाचार

News-Image

भोलिबाट चल्ने भए लामो दूरीका सार्वजनिक यातायात

  • २०७८ श्रावण ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको छ । आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो जानकारी दिएको हो । निषेधाज्ञाका कारण लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार हुँदै, कांग्रेस र माओवादीबाट ३-३ मन्त्री थपिँदै

  • २०७८ श्रावण ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशमा आज मन्त्रिमण्डल विस्तार हुँदैछ । आज दिउँसो हुने मन्त्रिमण्डल विस्तारमा माओवादीबाट थप ३ जना मन्त्रीमा नियुक्त हुने भएका छन् । सांसद दीपक कोइरालाका अनुसार अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक ... थप हेर्नुहोस्

News-Image

सरकार सञ्चालनमा सहजीकरण गर्न कार्यदल गठन, को-को छन् कार्यदलमा ?

  • २०७८ श्रावण ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्ता सहयात्री दलहरुले सात सदस्यीय कार्यदल गठन गरेका छन्। कार्यदलले सरकार सञ्चालनमा सहजीकरण गर्नेछ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित कार्यदलमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरु पनि छन्। कांग्रेसबाट खड्... थप हेर्नुहोस्

News-Image

मन्त्री छान्न देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

  • २०७८ श्रावण ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको पदाधिकारी बैठक केहीबेरमा बस्दै छ। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्न लागेको हो। कांग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने निर्णय गरेको थिय... थप हेर्नुहोस्

News-Image

राजीनामा फिर्ता लिँदै एमाले नेता भीम रावल

  • २०७८ श्रावण ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिने भएका छन्। असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि रावलले राजीनामा दिएका थिए। देउवालाई विश्वासको मत दिने नदिनेबारे एमाले वरिष्ठ नेता माधवकुमार नेपाल... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

  • २०७८ श्रावण ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दोस्रो पटक पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको हो। आजको बैठकमा बधाई ज्ञापन तथा विभिन्न प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ। पहिलो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएक... थप हेर्नुहोस्

News-Image

‘अब माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार ढल्दैन’

  • २०७८ श्रावण ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार नढल्ने बताएका छन् । महोत्तरीको जलेश्वरमा जिल्ला पार्टी कार्यालय (महेश्वर सिंह स्मृति भवन) र सिंहकै शालिक अनावरण गर्दै उनले कांग्रेस नेतृत्वको सरकारले नै चुनाव गर... थप हेर्नुहोस्

News-Image

एमाले नेताहरू भिडन्ततर्फ अग्रसर, ‘लडाकु दस्ता’ खोल्ने जुहारी

  • २०७८ श्रावण ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट हटेकै भोलिपल्ट पार्टीको युवा संघले ‘लडाकु दस्ता’ युथ फोर्स ब्युँताएको घोषणा गयोर्। सर्वोच्चको असार २८ को आदेशबाट ओली प्रधानमन्त्रीबाट हट्न बाध्य भएपछि ५ सय १ सदस्यीय युथ फोर्स कमान्ड घोषणा गरियो । क्षितिज थेबेक... थप हेर्नुहोस्

News-Image

जसपामा कार्यकारिणी समितिका ५१ जनाको ‘हेड काउन्ट’ हुँदै, कुन पक्ष बलियो ?

  • २०७८ श्रावण ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा विहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा ... थप हेर्नुहोस्

News-Image

युथ फोर्सलाई काउन्टर दिन नेपाल समूहले घोषणा गर्‍यो पिपुल्स भोलेन्टियर

  • २०७८ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पिपुल्स भोलेन्टियरु को घोषणा गरेको छ। ओलीनिकट युथ फोर्सलाई काउन्टर दिनको लागि नेपाल पक्षले पिपुल्स भोलेन्टियर घोषणा गरेको हो। नेपालनिकट युवा संघको मातहत रहने गरी पिपुल्स भोलेन्टियर बनाइएको हो। आज भक... थप हेर्नुहोस्