
संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगले शुक्रबार बुद्ध पूर्णिमाका अवसरमा ‘बुद्ध, जेनेभा महासन्धि र विश्व शान्ति’ विषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ । त्यस अवसरमा बुद्धका अहिंसा, करुणा, सचेतन... थप हेर्नुहोस्
संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन प्रवद्र्धनप्रति नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा शनिबार भएको दोस्रो अन्तरराष्ट्रिय आप्रवासन समीक्षा... थप हेर्नुहोस्
सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी मापदण्ड २०८३’ अनुसार इच्छुक नेपाली नागरिकबाट ... थप हेर्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । ... थप हेर्नुहोस्
मधेस प्रदेशमा पहिलो पटक न्यायिक महोत्सव आज जनकपुरधाममा हुँदै छ । न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित अदालतको कार्यप्रगति, मुद्दा फछ्र्योटको अवस्था तथा आगामी न्यायिक मेला गर्न लागेको जनकपुर उच्च अदालतका क... थप हेर्नुहोस्
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई बिदाइ गर्नुभएको छ । बिदाइ कार्यक्रममा उहाँहरूले ... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यकाका विकास प्राधिकरणले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत सङ्कलन हुने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार... थप हेर्नुहोस्
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्रमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्नेगरी नयाँ सहकारी ऐन मस्यौदा सुरु गरिएको बताउनुभएको छ । सहकारी पत्रकार समाजले शुक्रबार आयोजना गरेको ‘सहकारी अध्यादेश र यसल... थप हेर्नुहोस्
उपराष्ट्रपति रामसहायप्रसाद यादव युरोप दिवसका अवसरमा नेपालका लागि युरोपेली सङ्घ (इयू)का राजदूत भिरोनिक लरेन्जोले शुक्रबार साँझ ललितपुरमा आयोजना गर्नुभएको विशेष स्वागत समारोहमा सहभागी हुनुभयो । त्यस अवसरमा राजदूत लरेन्जोले ५२ वर्ष पुरानो इयू र नेपालबी... थप हेर्नुहोस्
पश्चिम एसियाको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउनुपर्ने सुझावसहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयद्वारा शुक्रबार आयोजित प... थप हेर्नुहोस्
