मुख्य समाचार

News-Image

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

  • २०८३ असार २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज बिहान बेइजिङमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध ... थप हेर्नुहोस्

News-Image

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

  • २०८३ असार २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्र... थप हेर्नुहोस्

News-Image

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

  • २०८३ असार २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ । पछिल्लो विवरणअनुसार ६०९ पालिका, चार हजार ३६३ वडामा अधिवेशन सम्पन्न भइसकेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ... थप हेर्नुहोस्

News-Image

अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश

  • २०८३ असार २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले अव्यवस्थित सडकपेटी, ढल, सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरेमा क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८१ मङ्सिर १७ गते गरेको फैसलाको हालै सार्वजनिक भएको पूर... थप हेर्नुहोस्

News-Image

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

  • २०८३ असार २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका लागि नेपाल सरकारद्वारा निर्धारित चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाले सो... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

  • २०८३ असार २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङमा सोमबार भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे व्यापक छलफल भए... थप हेर्नुहोस्

News-Image

नेपाल र चीनबीच एकअर्काका संवेदनशीलताप्रति साझा प्रतिबद्धता

  • २०८३ असार २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल र चीनबीच पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता तथा संवेदनशीलताप्रतिको साझा प्रतिबद्धतालाई स्वीकार गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । ती क्षेत्रहरूमा पूर्वाधार, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), सीमा व्यवस्थापन... थप हेर्नुहोस्

News-Image

नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न

  • २०८३ असार १, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल–भारत सीमा समन्वय समितिको बैठक कञ्चनपुरमा सम्पन्न भएको छ । बैठकमा कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सहभागी थिए भने भारततर्फ सम्बन्धित ज... थप हेर्नुहोस्

News-Image

पूर्वगृहमन्त्री थापाको निधन

  • २०८३ असार १, सोमबार
  • नवकान्तिपुर संवाददाता

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ । उहाँको शुक्रबार ललितपुरमा निधन भएको दिवङ्गत थापाको पारिवारिक स्रोतले जनाएको छ । उहाँको अन्त्येष्टि आइतबार पशुपति आर्यघाटमा गरिएको जनाइएको छ । उहाँले लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिपरिषद्मा गृहमन... थप हेर्नुहोस्

News-Image

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुने

  • २०८३ असार १, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको सुझाव अनुसार पार्टी अघि बढ्ने बताउनुभएको छ । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यलाई स्वागत गर... थप हेर्नुहोस्