राष्ट्रिय समाचार

News-Image

हेटौंडाको अधिकांश सरकारी कार्यालयमा आगजनी

  • २०८२ भाद्र २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले मंगलबार मकवानपुरको हेटौँडास्थित अधिकांश सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका छन् । आन्दोलनका क्रममा प्रदर्शनीहरूले हेटौँडास्थित बागमती प्रदेश मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रम... थप हेर्नुहोस्

News-Image

काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

  • २०८२ भाद्र २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो । साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अ... थप हेर्नुहोस्

News-Image

पोखराका अधिकांश कार्यालयमा तोडफोड तथा आगजनी

  • २०८२ भाद्र २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

जेनजी आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखरामा मंगलबार अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । पोखरामा दिनभर कफ्र्यु आदेश भए पनि आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका थिए । प्रदर्शनका क्रममा पोखरा महानगरपालिका, मालपोत कार्यालय, जिल... थप हेर्नुहोस्

News-Image

प्रदर्शनकारीद्वारा बागलुङका कांग्रेस, एमाले र माओवादीको पार्टी कार्यालयमा तोडफोड

  • २०८२ भाद्र २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

बागलुङमा जेनजी आन्दोलनले उग्ररुप लिएको छ । प्रदर्शनकारीहरुले बागलुङस्थित राजनैतिक दलका पार्टी कार्यालयहरू तोडफोड गरी क्षति पुर्याएका छन् । उनीहरुले मङ्गलबार साँझ बागलुङस्थित नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय ... थप हेर्नुहोस्

News-Image

आज देशका अधिकांश भागमा बदली, यी स्थानमा मध्यम वर्षाको सम्भावना

  • २०८२ भाद्र २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको बताएको छ । आज दिउँसो देशका अधिकांश भाग... थप हेर्नुहोस्

News-Image

राष्ट्रहितका खातिर क्रियाशील रहन नेपाल प्रहरीको अनुरोध

  • २०८२ भाद्र २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको जनाउँदै राष्ट्रहितका खातिर क्रियाशील रहन अनुरोध गरेको छ । मङ्गलबार राति प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्तिमार्फत सोमबार जेन–जीको आह्वानमा आयोजित शान्तिपूर्ण व... थप हेर्नुहोस्

News-Image

लुटपाटमा संलग्न २६ जना पक्राउ

  • २०८२ भाद्र २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना... थप हेर्नुहोस्

News-Image

प्रधानसेनापतिद्वारा आन्दोलनकारीलाई वार्ताका लागि आह्वान

  • २०८२ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तबरले निकास दिनका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गर्नुभएको छ । उहाँले मंगलबार भिडियो सन्देशमार्फत आन्दोलनका क्रममा हालसम्म धेर... थप हेर्नुहोस्

News-Image

नेपाली सेनालगायत अन्य सुरक्षा निकाय राति १० बजेदेखि दृढ रहने

  • २०८२ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न आज भदौ २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराएको छ । सेनाले विज्ञप्तिमार्फत हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक... थप हेर्नुहोस्

News-Image

भक्तपुरका सार्वजनिक निकायमा तोडफोड र आगजनी

  • २०८२ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरमा मंगलबार भएको प्रदर्शनमा भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएपछि आक्रोशित भिडले प्रहरीलाई तितरवितर पारी ओली निवास प... थप हेर्नुहोस्