राष्ट्रिय समाचार

News-Image

वर्षायाममा सधैँ जोखिमपूर्ण पृथ्वीराजमार्गको यात्रा

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक बनेछ भन्ने लाग्न सक्छ । तर ठाउँठाउँमा पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीले दिने सास्तीले फेरी यात्रुले देखेजस्तो रहेनछ भन्ने अनुभूति गर्छन् । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गमा पानी परेको बेला कतिख... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-८ पशुपति आर्यघाट नजिकै सतलमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ स्थ... थप हेर्नुहोस्

News-Image

डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । ठाँटाबजारबाट डडेल्धुरातर्फ आउँदै गरेको से.१ ज ७३८ नम्बरको जिप बिहीबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरूमा सोही गाउँपालिका-५ ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, कैलाली र नुवाकोटबाट जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ परेछ छन् । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने धादिङ घर भएकी ५५ वर्षीया सुन्तली तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्... थप हेर्नुहोस्

News-Image

स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुरको ललितपुर महानगरपालिका-१२ बस्ने बागमती गाउँपालिका-५ घर भएका ३१ वर्षीय छबिन्द्र हुमागाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । छबिन्द्रले स्लो... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ । तामाको भाँडोल... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु हुँदै

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि सुरु हुँदैछ । यो पर्व चार दिनसम्म सञ्चालन हुने गरेको छ । विशेष गरेर सुदूरका पहाडी समुदायमा मनाइने गौरालाई दसैँभन्दा पनि बढी महत्व दिने गरिएको छ । भाद्र कृष्ण वा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो वर्ष भाद्र श... थप हेर्नुहोस्

News-Image

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ । कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा निजला... थप हेर्नुहोस्

News-Image

आज अधिकांश स्थानमा वर्षा हुने, बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको बताएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा... थप हेर्नुहोस्

News-Image

 आज ऋषिपञ्चमी

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्न... थप हेर्नुहोस्