राष्ट्रिय समाचार

News-Image

सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका उच्च जोखिममा

  • २०८२ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा छ । बेलका–२, ३, ६ ८ र वडा नं ९ का सप्तकोशी आसपासका गाउँघर सप्तकोशीको बाढी तथा डुबानको जोखिममा परेका हुन् । बेलका–२, ३, ६ ८ र वडा ... थप हेर्नुहोस्

News-Image

कन्तलाल चौधरी हत्या आरोपमा नौ जना पक्राउ

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

गत जेठ २२ गते राति सप्तरीको सुरुङ्गा नगरपालिकामा डाँकाको समूहद्वारा हत्या गरिएका कन्तलाल चौधरीको हत्या आरोपी पक्राउ परेका छन् । घटनाको दुई महिनापछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय राजविराजमा आज ... थप हेर्नुहोस्

News-Image

पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

पछिल्ला तीन दिनदेखि लगातारको वर्षाका कारण ढिलो भए पनि मधेस प्रदेशका किसानहरुले धान रोपाइँ सुरु गरेका छन् । पानीको अभावमा मधेस प्रदेशमा साउनको दोस्रो हप्तासम्म ५० प्रतिशत पनि धान रोपाइँ नभएकामा पानी परेपछि रोपाइँ ६३ प्रतिशत पुगेको मधेस प्रदेशको कृषि व... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० दोगारीस्थित सडकमा लु. प्र.०१-००७ प १०१३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१० दोगारी बस्ने २० वर्षीय प्रदिप जैसवालको आइतबा... थप हेर्नुहोस्

News-Image

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-१ गागालफेदी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-५ लुभु घर भएका ६० वर्षीय जनक राउत र भक्तपुर चुँनारायण नगरपालिका-७ कमलबिना... थप हेर्नुहोस्

News-Image

कटुवा पेस्तोल सहित एक जना पक्राउ

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

पर्साको वीरगंज महानगरपालिका-१६ ईनर्वा गाउँबाट कटुवा पेस्तोल १ थान सहित सोही ठाउँ बस्ने ४० वर्षीय साहेव खाँ लाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस स... थप हेर्नुहोस्

News-Image

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्ति पक्राउ

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पर्साको सखुवा प्रसौनी गाउँपालिका-५ बस्ने २५ वर्षीय हिरा माझीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । हिराले पीडितलाई प्रेम सम्बन्धमा पारी विभिन्न प्रलोभन देखाई ललाई फकाई विवाह गर्छु र भारतको दिल्लीमा क... थप हेर्नुहोस्

News-Image

आज साउनको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको घुइँचो छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले रास... थप हेर्नुहोस्

News-Image

सप्तकोशी नदीमा पानीको वहाव उच्च

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ ।आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको वहाव मापन गरिएको थियो । आज बिहान गरिएको मापनमा कोशी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहे... थप हेर्नुहोस्

News-Image

जङ्गली जनावरको आतङ्कले खेतबारीमै बास

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

जङ्गली जनावरले मकैबालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि बैतडीका किसानहरुको बास खेतबारीमै हुन थालेको छ । बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । जिल्लाका १० वटै स्थानीय तहमा जङ्गली बँदेलले मकैब... थप हेर्नुहोस्