राष्ट्रिय समाचार

News-Image

मौसम : कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

  • २०८१ मंसिर ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज... थप हेर्नुहोस्

News-Image

जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा कांग्रेस उम्मेदवार भट्टराई निर्विरोध

  • २०८१ मंसिर २, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । स्थानीय तह उपनिर्वाचन–२०८१ मा आज उम्मेदवारी दर्ता गराउनुभएका उहाँ निर्विरोध निर्वाचित हुनुभएका नेपाली कांग्रेसले जनाएको छ । ... थप हेर्नुहोस्

News-Image

भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट

  • २०८१ मंसिर २, आईतवार
  • नवकान्तिपुर संवाददाता

भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ । भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेजबीच आज यससम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार भरतपुर महानगरवासीले ‘होल बडी चेकअप’मा ५० प्रतिशत, अन... थप हेर्नुहोस्

News-Image

तनहुँमा बस दुर्घटना : बस चालकको मृत्यु (घाइतेहरूको नामसहित)

  • २०८१ मंसिर २, आईतवार
  • नवकान्तिपुर संवाददाता

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आज भएको बस दुर्घटनाका घाइतेमध्ये एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक तनहुँको ऋषिङ पाटन घर भई हाल कास्कीको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्य... थप हेर्नुहोस्

News-Image

जिसस ओखलढुङ्गा प्रमुखमा एमालेले उम्मेदवार नउठाएर काङ्ग्रेसलाई सहयोग गर्ने

  • २०८१ मंसिर २, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो उम्मेदवार नउठाउने भएको छ । तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्दै... थप हेर्नुहोस्

News-Image

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • २०८१ मंसिर २, आईतवार
  • नवकान्तिपुर संवाददाता

शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर ... थप हेर्नुहोस्

News-Image

हात्तीको आक्रमणबाट दमकमा एकको मृत्यु

  • २०८१ मंसिर २, आईतवार
  • नवकान्तिपुर संवाददाता

हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ । जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा पर... थप हेर्नुहोस्

News-Image

मौसम : कतै आंशिक बदली हुने, अधिकांश ठाउँमा सफा रहने

  • २०८१ मंसिर २, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु लागेको छ । व... थप हेर्नुहोस्

News-Image

वाग्मतीको अवस्था : छ सय एक हप्ता सफाइ गर्दा पनि उस्तै

  • २०८१ मंसिर १, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान छ सय एक हप्ता प्रवेश गरेपनि काठमाडौँ उपत्यकाका नदीनाला भने सफा हुन सकेको छैन । विसं २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबा... थप हेर्नुहोस्

News-Image

बस दुर्घटना हुँदा नौ जना घाइते

  • २०८१ मंसिर १, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटना हुँदा धादिङ खाग्री गाउँपालिका–१ का ३१ वर्षीय चालक ख... थप हेर्नुहोस्