आयोगद्वारा निर्वाचन परिणाम घोषणा, प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी ८२५ जना सदस्य निर्वाचित
निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ । बुधबार आयोगले पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको हो ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २० ...