बलात्कारको आरोप लागेका सन्दीपले गरे यस्तो ट्विट

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । लामिछानेले ट्विट गर्दै आफू निर्दोष रहेको बताएका हुन् ।

उनले बलात्कारको आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने ट्विटमा उल्लेख गरेका छन् । त्यस्तै उनले आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि बताएका छन् । बिहीबार जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी नै जारी गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ ।



सन्दीप हाल क्यारेबियन प्रिमियर लिगको लागि वेस्ट इन्डिजमा रहेका छन् । प्रहरी बृत्त गौशालामा एक १७ वर्षीय नाबालिगले सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी थिइन् ।

सन्दीपले ट्विटमा लेखेका छन्, ‘म निर्दोष छु र नेपालको सम्मानीय कानुनमा पूर्ण विश्वास राख्छु । सीपीएल छाड्ने र केहि दिनमा नेपाल फर्कने निर्णय गरेको छु । म सबै आधारहीन आरोपको सामना गर्न तयार छु । निर्दोषलाई न्याय मिलोस् र सम्बन्धित सबैलाई सही छानबिन होस्। आशा छ कि कानूनले समान काम गर्नेछ ।’

यस्तो छ उनको ट्विट

(I am INNOCENT & keep complete belief in the respectable laws of Nepal. I have decided to take a leave from CPL and go back to my country within few days. I am ready to face all these baseless allegations. May justice be served to the innocent & right investigation to be done towards everyone involved. Hope the law acts equal to everyone. Sandeep Lamichhane )

यो पनि पढ्नुस :

सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

सन्दीपले मागे क्यानसँग यस्तो सहयोग

सन्दीपविरूद्ध किटानी जाहेरी परेको विषयमा जिल्ला प्रहरी परिसरले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

सन्दीपविरूद्ध बलात्कार गरेको आरोपमा जाहेरी

सम्बन्धित समाचार