जापानका प्रधानमन्त्रीले आगामी आम चुनावका लागि यहाँको संसद्को तल्लो सदन, प्रतिनिधि सभा विघटन गर्नुभएको छ । जापानी अधिकारीहरूले यो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरूले आज विहीवार बसेको संसद्को बैठकलगत्तै संसद् विघटन भएको बताएका हुन् । यहा... थप हेर्नुहोस्
ताइवानको सम्प्रभुता र स्वामित्वलाई लिएर चीन र ताइवानको विवाद उत्कर्षमा पुगेको छ । ताइवानी राष्ट्रपति साइ इङ्–वेनले चिनियाँ दबाव अगाडि आफ्नो देशले घुँडा नटेक्ने बताएपछि चीनले संवादको ढोका बन्द भएको टिप्पणी गरेको छ । ताइवानको राष्ट्रिय दिवसको अवसरमा... थप हेर्नुहोस्
नाइजेरियाको एक गाउँमा अज्ञात बन्दुकधारीहरुले कम्तीमा पनि १० जना गाउँलेको हत्या गरेका छन् । उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । त्यसक्रममा कम्तीमा पनि १० जना गाउँलेको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् । नाइजेरियाको उत्... थप हेर्नुहोस्
रुसले अफगानिस्तान कब्जा गरेको तालिबानलाई अन्तर्राष्ट्रियस्तरको वार्ताका लागि निम्तो दिएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यही अक्टोबर २० तारिखमा तालिबानलाई वार्ताका लागि राजधानी मस्कोमा निमन्त्रणा गरेको समाचार संस्था एएफपीले जनाएको छ । अफगा... थप हेर्नुहोस्
भारतको राजधानी नयाँदिल्लीस्थित एक आकाशे पुलमूनि एयर इन्डियाको एउटा जहाज अड्किएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सधैँ आकाशमा उडिरहेको वा रनवेमा गुडिरहेको देखिने जहाज आकाशे पुलमूनि अड्किएको देखेपछि धेरै मानिसले चासो देखाएका छन्। भारती... थप हेर्नुहोस्
भारतको लखिमपुरमा भएको हिंसात्मक घटनामा मारिएका किसान परिवारका सदस्यलाई भेट्न त्यसतर्फ गइरहेकी भारतीय कांग्रेस नेतृ प्रियंका गान्धीलाई प्रहरीले बीच बाटोबाटै नियन्त्रणमा लिएको छ। उनलाई सीतापुरबाट नियन्त्रणमा लिइएको भारतीय मिडियाले उल्लेख गरेका छन्। ... थप हेर्नुहोस्
इक्वेडरको जेलमा कैदी बन्दी र प्रतिद्वन्दी गिरोहबीच आपसमा झडप हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको छ। इक्वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा घातक द्वन्दका रुपमा हेरिएको छ। झडपमा पाँच जना कैदीहरुको टाउको काटिएको छ भने अन्यलाई गोली हानिएको अन्तर्राष्... थप हेर्नुहोस्
बेलायतमा मङ्गलबार एकै दिनमा ३४ हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा ती सङ्क्रमित थपिएका सो समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार बेलायतमा मङ्गलबार मात्र ३४ हजार ५२६ जना सङ्क्रमित भेटिएका थिए । अघिल्ल... थप हेर्नुहोस्
चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अत्यधिक भारीका कारण पानी जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान गर... थप हेर्नुहोस्
तालिबानले महिला अधिकार हनन् गरेको भन्दै संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि सयौँ महिलाहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका महिलाहरुले अफगानिस्तानमा महिला अधिकार तथा मानवअधिकारको सुनिश्चितता गर्न माग गरेका समाचार संस्था एएनआईले जनाएको छ । ... थप हेर्नुहोस्