मुख्य समाचार

News-Image

ओली-प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७६ चैत्र १९, बुधबार

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार भेट भएको छ । दुई अध्यक्षबीच समसामयिक विषयमा बालुवाटारमा झन्डै डेढ घन्टा कुराकानी भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताइन् । ओली-प्रचण्डबीच सी... थप हेर्नुहोस्

News-Image

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने आठ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि

  • २०७६ चैत्र १९, बुधबार

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्ल... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुग्यो, १४ सय संक्रमित

  • २०७६ चैत्र १९, बुधबार

भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ । मंगलबार थप तीन जनाको मृत्यु भएसंगै मृतकको संख्या ३५ पुगेको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन् । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १४ सय पुगेको ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणः चीनमा भन्दा अमेरिकामा धेरै मानिसको ज्यान गयो

  • २०७६ चैत्र १९, बुधबार

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको ज्यान गएको छ । बीबीसीका अनुसार, अमेरिकामा हालसम्म ३ हजार ६ सय मानिसको ज्यान गएको छ । यो कोरोनाको उद्गमस्थल चीनको भन्दा बढी हो । चीनमा हालसम्म ३ हजार ३ सय ५ मानिसको ज्यान गएको छ ... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो, ८ लाख ५७ हजार संक्रमित

  • २०७६ चैत्र १९, बुधबार

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या ४२ हजार ११४ पुगेको छ । भाइरसका कारण अहिलेसम्म ८ लाख ५७ हजार २९९ मा संक्रमण देखिसकेको छ । यसमध्ये १ लाख ७७ हजार १४१ निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ३०० को मृत्यु... थप हेर्नुहोस्

News-Image

विश्वका २ सय १ देशमा फैलियो कोरोना, ३९ हजारको ज्यान लियो

  • २०७६ चैत्र १८, मंगलवार

कोरोनाको संक्रमण अहिलेसम्म विश्वका २ सय १ देशमा फैलिएको छ । आज सिएरा लियोनमा एक जना नयाँ संक्रमित भेटिएसँगै विश्वका २ सय १ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना फैलिएको पाइएको हो । अहिलेसम्म ८ लाख ३ हजार ४ सय ६६ जना संक्रमित भएका छन् । १ ल... थप हेर्नुहोस्

News-Image

कोरोनाको उपचार गर्नबाट पञ्छिन थालेपछि निजी अस्पताललाई सर्वोच्चको यस्तो आदेश

  • २०७६ चैत्र १८, मंगलवार

सर्वोच्च अदालतले निजी अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज निजी अस्पताललाई कोरोना सङ्क्रमणको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो । 'आ... थप हेर्नुहोस्

News-Image

परिस्थितिको समीक्षा गर्दै युद्धस्तरमा अघि बढौं : कांग्रेस सभापति देउवा

  • २०७६ चैत्र १८, मंगलवार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार सम्बन्धमा हालसम्मको आफ्नो कार्यप्रगति र कमजोरीको वस्तुगत समीक्षा गरेर सरकारलाई प्रभावकारीरूपमा गति बढाउन आग्रह गरेका छन् । उनले कोरो... थप हेर्नुहोस्

News-Image

भावनाले सबै कुरा चल्दैन, जो जहाँ छन्, त्यहीं रहनुपर्छः उपप्रधानमन्त्री पोखरेल

  • २०७६ चैत्र १८, मंगलवार

सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीं व्यवस्थापन गर्ने र सीमानाका भने नखोल्ने भएको छ । भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन् । कोरोनाको सङ्क्रमण फैलन सक्ने त्रासका बीचमा दुई देशको... थप हेर्नुहोस्

News-Image

कोरोना नियन्त्रण कोषमा पूर्वराजाकाे २ करोड रुपैयाँ सहयाेग

  • २०७६ चैत्र १८, मंगलवार

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने भएका छन् । मंगलबार साँझ एक सन्देश जारी गर्दै पूर्वराजा शाहले बुहारी हिमानीको नाममा रहेको हिमानी कोषबाट उक्त रकम सरकारले दिने बताएका हुन् । ... थप हेर्नुहोस्