राष्ट्रिय समाचार

News-Image

कोरोना संक्रमित पाँच महिनाकी बालिकाको निधन

  • २०७७ कार्तिक ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमित पाँच महिनाकी बालिकाको निधन भएको छ । धरानस्थिति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा उनको निधन भएको अस्पतालका प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । सुन्दरहरैचा मोरङकी ती बालिकालाई विपी कोइराला स्वास्... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ कार्तिक ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मुलुकका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रही प्रदेश १ का एकाध ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्यत्रको म... थप हेर्नुहोस्

News-Image

तीन मुलुकका लागि आवासीय राजदूत नियुक्त

  • २०७७ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन मुलुकका लागि आज आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्रका लागि ता... थप हेर्नुहोस्

News-Image

विराटनगरमा आजदेखि स्वाब संकलन नहुने

  • २०७७ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दशैं बिदा परेको भन्दै विराटनगरमा आजदेखि स्वाब संकलन रोकिएको छ । कोरोना जाँचका लागि विराटनगर महानगरपालिकाले संकलन गर्दै आएको स्वाब संकलन ६ दिन बन्द गर्ने निर्णय गरेको हो । महानगरले आजदेखि कात्तिक १२ गतेसम्म स्वाब संकलन बन्द गर्ने निर्णय गरेको हो । ... थप हेर्नुहोस्

News-Image

निर्मला हत्या प्रकरणका पुराना फाइल पल्टाउँदै प्रहरी

  • २०७७ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पुर्याउने बताउँदै आइरहेका बेल... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अहिले देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार मनसुन बाहिरिएयता नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। तर स्थानीय वायुका कारण कतै कतै हल्का पानी पर्ने सम्भावन... थप हेर्नुहोस्

News-Image

हतियारसहित नेपाल आएका भारतीयमाथि गोली प्रहार गरी नियन्त्रणमा लिइयो

  • २०७७ कार्तिक ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

हतियारसहित नेपाल आएका भारतीय नागरिकलाई प्रहरीले गोली हानि नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो बाराको सिम्रौनगढ नगरपालिका–९ सानो बंकुलस्थित प्रहरीले सिमानामा चेकजाँच गर्ने क्रममा उनले प्रहरीतर्फ गोली प्रहार गरेको र जवाफी कारबाहीमा नेपाल प्रहरीले गोली प... थप हेर्नुहोस्

News-Image

कोरोना नियन्त्रणका लागि बजार बन्द गराउन सेना परिचालन

  • २०७७ कार्तिक ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

दार्चुलाको सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो । महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणबाट श्रीमान् श्रीमतीको एकैदिन मृत्यु

  • २०७७ कार्तिक ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको संक्रमणबाट श्रीमान् श्रीमतीको एकै दिन मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका-४ को एक दम्पतीको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । ८५ वर्षीय श्रीमान् र उनकी ८१ वर्षीया श्रीमतीको १२ घन्टाको फरकमा... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः एकाध ठाउँमा हल्का वर्षाकाे सम्भावना

  • २०७७ कार्तिक ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

मुलुकका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रही प्रदेश १ र बागमती प्रदेशका एकाध ठाउँमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मह... थप हेर्नुहोस्