राष्ट्रिय समाचार

News-Image

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

  • २०८३ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसबाट वीरगञ्ज पठाइएको पुष्टि भएपछि उ... थप हेर्नुहोस्

News-Image

पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

  • २०८३ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् । “गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पुर्यायो नै । पहिरो लगातार गैरहेकाले घर पनि जोखीममा परेको छ । पानी पर्न सुरु हुने बित्तिकै छिमेकीको घरमा बास ख... थप हेर्नुहोस्

News-Image

पाँचथरमा सम्बन्ध विच्छेदका मुद्दा उच्च

  • २०८३ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले ब्यक्त गरेका छन् । पाँचथर जिल्ला अदालतमा गत आव २०८२/०८३ म... थप हेर्नुहोस्

News-Image

मौसम : देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

  • २०८३ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ... थप हेर्नुहोस्

News-Image

बाढी-पहिरोले देशका विभिन्न सडक अवरुद्ध

  • २०८३ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०५:०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ,... थप हेर्नुहोस्

News-Image

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

  • २०८३ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी गर्ने पाँच जनालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । भारतको बिहार प्रदेशको खगरिया मुख्य दकधर बहुअराका २९ वर्षीय विक्रम कुमार, ३२ वर्षीय संजीतकुमार, ३५ वर्षीय राजकुमार शाह र २१ वर्षी... थप हेर्नुहोस्

News-Image

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

  • २०८३ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ । यो गत वर्षको तुलनामा १.९२ प्रतिशतले धेरै हो । विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आजसम्म १३ लाख ४१ हजार ७६४ हेक्टर जमिनमा रोपाइँ भएको छ । विभागले १३ लाख ७० हजार हेक्टर जमिन खेतीयो... थप हेर्नुहोस्

News-Image

लागूऔषधसहित १४ जना पक्राउ

  • २०८३ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको हल्दीबारी गाउँपालिका–२ पग्लाबारी गाउँबाट एक, मोरङको विराटनगर महानगरपालिका–१९ मिलन चोकबाट दुई र जहदा गाउँपालि... थप हेर्नुहोस्

News-Image

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

  • २०८३ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा आज काँकरभिट्टामा र्‍याली भएको छ । जनचेतना महिला केन्द्रको आयोजनामा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र विद्यार्थीको सहभागिता रह... थप हेर्नुहोस्

News-Image

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

  • २०८३ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले बिहीबार कैलालीको गौरीगङ्गा नगरपालिका-४ बाट रु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ । विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधा वृद्धि गरिएबापत रकम मागेको अवस्थामा अख... थप हेर्नुहोस्