राष्ट्रिय समाचार

News-Image

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ माघ १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दक्षिणकाली नगरपालिका- ७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने ४५ वर्षीय सुदर्शन पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनला... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

  • २०८१ माघ १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँ र २ थान मोबाइल सहित चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी क... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

  • २०८१ माघ १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

तनहुँ, व्यास नगरपालिका-३ देउरालीनगरस्थित ऋषिङ्ग गाउँपालिका-२ काँहुशिवपुर घर भएका ३६ वर्षीय श्रीराम थापाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत नौ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरील... थप हेर्नुहोस्

News-Image

क्यानडा र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ माघ १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा, पर्सागढी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३९ वर्षीया शारदा कार्की र गु... थप हेर्नुहोस्

News-Image

पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर

  • २०८१ माघ १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाको एक करोड, नेपाल पर्यटन बोर्डको २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा दुई जना फेला

  • २०८१ माघ १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । काठमाडौं, महानगरपालिका-२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ गए राति मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै जाजरकोट, भेरी नगरपा... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ माघ १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ स्थित सडकमा लु.१ क १९४० नम्बरको जेसिबि र लु.४ प ३९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ... थप हेर्नुहोस्

News-Image

सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ

  • २०८१ माघ १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २४ ग्राम ९ सय ९० मिलिग्राम सुन जस्तो देखिने धातुको सिक्री १ थान, ल्यापटप ३ थान र मोबाइल २ थान सहित बाग्लुङ निसीखोला गाउँपालिका-९ घर भएकी २८ वर्षीया सुनिता घर्ती मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । बा... थप हेर्नुहोस्

News-Image

श्रीमती र दाईको हत्या गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ माघ १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

श्रीमती र दाईको हत्या गरेको अभियोगमा देशका विभिन्न स्थानबाट दुई जना पक्राउ परेका छन् । आफ्नै श्रीमती २३ वर्षीया संगिता ठाकुरको हत्या गरेको अभियोगमा धनुषा, धनुषाधाम नगरपालिका-५ पर्वता टोल बस्ने २५ वर्षीय देवलाल ठाकुरलाई गए राति प्रहरीले पक्राउ गरेको छ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

  • २०८१ माघ १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

दाङ र झापाबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । दाङ, तुल्सीपुर उपमहानगरपलिका-८ नयाँबस्ती बस्ने झुपराज घर्तीमगरको घरमा जुवातास खेलिरहेको अवस्थामा झुपराज समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तु... थप हेर्नुहोस्