स्थानीय समाचार

News-Image

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ । आलु म्याग्दीबाट निर्यात हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा पाँच दशमलव ३७ प्रतिशत आलु उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले यस वर्ष म्याग्दीमा एक हजार ८४० ... थप हेर्नुहोस्

News-Image

देवघाटका भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारी

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

तनहुँको देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका १४ भूमिहीन दलित तथा सुकुमवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जिल्ला भूमि समस्या समाधान समिति तनहुँले उनीहरुलाई जग्गा उपलब्ध गराउने उद्देश्यका साथ सोमबार लाभग्राहीको अवस्थाबारे... थप हेर्नुहोस्

News-Image

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

झापा जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ । उक्त आवमा ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान तथा ९०० मिटर मर्मतसम्भार गरिएको छ । उक्त कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार गत आवम... थप हेर्नुहोस्

News-Image

झापाका स्थानीय तहले दलित अधिकार ऐन बनाउने

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

झापाका स्थानीय तहले आगामी आर्थिक वर्षभित्र स्थानीय दलित अधिकार ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । कोशी प्रदेश सरकारले पनि दलित सशक्तीकरणसम्बन्धी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइरहेका बेला झापाका स्थानीय तहले छुट्टै का... थप हेर्नुहोस्

News-Image

गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता   

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पतिशास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता र वातावरण संरक्षणका विविध गतिविधिमा सक्रिय भएका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित जटायु संरक्षण तथा गाई संरक्षण के... थप हेर्नुहोस्

News-Image

धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा

  • २०८३ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

मधेस प्रदेशको धनुषा, महोत्तरी र सर्लाही जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति भएको छ । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार उक्त अवधिमा विद्यालय भवन, सडक, नाला, कल्भर्ट, सामुदा... थप हेर्नुहोस्

News-Image

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

  • २०८३ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको आयआर्जन सुदृढ गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत भैँसी वितरण गरेपछि किसानको दैनिकी सहज बनेको छ । कृषि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको ... थप हेर्नुहोस्

News-Image

हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

  • २०८३ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु दुई करोडबराबरको क्षति भएको छ । डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई रु एक करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरेको हो । कार्यालयका अनुसार हात्तीको आक्रमणबाट यस अवधिमा छ ... थप हेर्नुहोस्

News-Image

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

  • २०८३ श्रावण २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

मेची राजमार्गअन्तर्गत इलाम-राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आएको छैन । माथिबाट लेदोसहितको पहिरो खस्नुका साथै सडक भाँसिएपछि एक महिनायता ... थप हेर्नुहोस्

News-Image

घरको सिँढीबाट लडेर युवकको मृत्यु

  • २०८३ श्रावण २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

महेन्द्रनगरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेकबहादुर रावतका अनुसार घरको सिँढीबाट लडेर ऐठपुरका २३ वर्षीय कपिल नेगीको मृत्यु भएको हो । सिँढीबाट लडेर ... थप हेर्नुहोस्