स्थानीय समाचार

News-Image

ओखलढुंगामा एमालेभित्र अविश्वास चर्किंदै जाँदा अम्बिरबाबु गुरुङतर्फ जनआकर्षण बड्दै

  • २०८२ फाल्गुन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा ओखलढुंगामा राजनीतिक माहोल दिनप्रतिदिन तातिँदो छ। जिल्लामा बलियो संगठन मानिँदै आएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको आन्तरिक असन्तुष्टि सतहमै देखिन थालेपछि एमालेबाटै विद्रोह गरेर नेपाली कम्युनिस्ट पार्टी (ने... थप हेर्नुहोस्

News-Image

झापा-१ मा हात्तीको कहरबाट जोगाउनेलाई मत

  • २०८२ फाल्गुन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मेचीनगर-१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त हुनुहुन्छ । अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उहाँले तोरीबाली रोज्नुभएको हो । हात्तीले नखाने भएकाले गाउँका पाखोबारीमा अचेल अन्नभन्दा बढी तोरी झु... थप हेर्नुहोस्

News-Image

ठगीको अभियोगमा तीन जना पक्राउ

  • २०८२ फाल्गुन १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर रु ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार ती अभियुक्तहरुलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको छ । प्रहरीका अनुसार अभियुक्तत्रय महोत्तरी सम्सीप... थप हेर्नुहोस्

News-Image

स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै आएका छन् । खेल तथा मेलाका अवसरमा स्थानीय पालिकासहित छिमेकी जिल्ला तथा देशका विभिन्न स्थानबाट आउने खेलाडी र खेलप्रेमीको उपस्थितिले भोजपुरको पर्यटन प्... थप हेर्नुहोस्

News-Image

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

  • २०८२ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधि... थप हेर्नुहोस्

News-Image

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

  • २०८२ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् । बागलुङ नगरपालिका–१२ पैयुँपाट... थप हेर्नुहोस्

News-Image

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…

  • २०८२ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्यष्टि गरिएको छ । जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाटै अर्कै परिवारले लिएर अन्त्यष्टि गरेको हो । गत शनिबार आत्महत्या गरेको भनिए... थप हेर्नुहोस्

News-Image

निसीखोलामा पुतली नाचको रौनक

  • २०८२ माघ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि... थप हेर्नुहोस्

News-Image

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

  • २०८२ माघ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका कृषि विकास शाखाको आयोजनामा बिहीबार पोखरामा बृहत् कन्दमूल प्रदर्शनी गरिएको छ । युवा पुस्तालाई घर तरुल, वन तरुल, गिट्ठा भ्याकुुर, सिमल तरुल, सखरखण्ड, पिँडालु, ओललगायत कन्दमूलबारे जानका... थप हेर्नुहोस्

News-Image

धादिङमा जुधाइयो एक सय हल गोरु

  • २०८२ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल गोरु जुधाइएको छ । कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पराअनुसार जुधाइएको हो । त्रिपुरासुन्दरी गाउँपालिकाको मूलपानीमा १४, लाइगाउँमा १०, नीलकण्ठ नगरपालिकाको धुवाकोट–... थप हेर्नुहोस्