राष्ट्रिय समाचार

News-Image

जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

  • २०८२ पुष ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसङ्घमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घमा शुक्रबार ध्यानसम्बन्धी अलग -अलग दुई कार्यक्रम आयोजना गरे... थप हेर्नुहोस्

News-Image

पसिनाका गन्धमा सफलता खोज्ने तिवारी

  • २०८२ पुष ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

मोरङको उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएकोे छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उहाँले एउटा कुखुराको फार्म खोल्नुभएको थियो । सुरुमा १५० कुखुराबाट सुरु भएको फार्मम... थप हेर्नुहोस्

News-Image

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

  • २०८२ पुष ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउ... थप हेर्नुहोस्

News-Image

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

  • २०८२ पुष ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजार जतिले श्रम स्वीकृति लिने गरेका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र कर्णालीक... थप हेर्नुहोस्

News-Image

बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

  • २०८२ पुष ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् । बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमि... थप हेर्नुहोस्

News-Image

अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो

  • २०८२ पुष ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

यस वर्ष अनियमित मौसमका कारण भोजपुर जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अन... थप हेर्नुहोस्

News-Image

दार्चुलामा भूकम्पको धक्का

  • २०८२ पुष ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

दार्चुलामा शनिबार साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रविन्दु भएर तीन दशमलव चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्लो समय पश्चिम क... थप हेर्नुहोस्

News-Image

सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छ – छोराको बलिदान खेर नजाओस्

  • २०८२ पुष ५, शनिबार
  • सृजना राई

गत भदौ २३ को बिहान सौरनको मुहारमा देखिएको उत्साह देखेका परिवार सदस्यले जेनजी आन्दोलनमा नजान सम्झाइरहेका थिए । अमेरिका बस्दै आएकी बहिनी र बुबा, वसन्त किशोरले भिडियो कलबाटै चिन्ता व्यक्त गरिरहे । जवाफमा सौरनले भनेका थिए, “बहिनी यहाँ भएको भए तँ पनि जान्... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८२ पुष ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

यहाँको बिर्तामोड-६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत गिरीबन्धु टी-स्टेट नजिक चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्य... थप हेर्नुहोस्

News-Image

बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किँदा चार जना घाइते

  • २०८२ पुष ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किदा चार जना घाइते भएका छन् । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ हिरापुर नजिकै आज बिहान १० बजेतिर सु.प.प्र.०१००१ ख ३११९ नम्बरको मिनि ट्रक र बा ८ च ९०५२ नम्बरको अल्टो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । ... थप हेर्नुहोस्