मुख्यमन्त्री केसीद्धारा सुरक्षाकर्मी कटौती, शंकर पोखरेलको पालाका आधा सुरक्षाकर्मी फिर्ता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो सुरक्षामा कटौती गरेका छन् । उनले स्कटिङमा खट्दै आएका आधा सुरक्षाकर्मी घटाएका छन् । केसीले सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता पठाएका हुन् । प्रहरी नायब निरीक्षकको कमाण्डमा रहेको सात जनाको प्रहरी टोलीलाई केसीको निर्देशनमा फिर्ता पठाइएको हो । ...