राष्ट्रिय समाचार

News-Image

तनहुँमा छ चितुवाको मृत्यु, चितुवाको आक्रमणमा ६ जनाले ज्यान गुमाए

  • २०७७ श्रावण ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष ०७६-७७ मा तनहुँका विभिन्न स्थानमा गरी एक बच्चासहित छ चितुवाको मृत्यु भएको जनाएको छ । सो अवधिमा आठ चितुवाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक चितुवा मृत फेला परेको तथा... थप हेर्नुहोस्

News-Image

प्युठानमा ट्र्याक्टर दुर्घटना, सात जनाको मृत्यु

  • २०७७ श्रावण ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकख... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान, बाढीपहिरोको जोखिम बढ्याे

  • २०७७ श्रावण ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

आज देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था रहेको छ । मुलुकभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वाग्मती, गण्डकी प्रदेश, प्... थप हेर्नुहोस्

News-Image

नेपालमा कोरोनाको प्रभाव कम हुँदै, कुन जिल्लामा कति भेटिए सङ्क्रमित

  • २०७७ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । गत २४ घण्टामा ५७ जनामा मात्रै कोरोना सङ्क्रमण देखिएको छ । विहीबार १६७ र शुक्रबार १०१ जनामा कोरोना देखिएको थियो । चौबीस घण्टामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशा... थप हेर्नुहोस्

News-Image

अबदेखि एक बैंकको एटीएम कार्ड अर्को बैंकमा कारोबारमा पैसा नलाग्‍ने !

  • २०७७ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

अबदेखि एक बैंकको एटीएम कार्ड अर्को बैंकमा कारोबारमा गर्दा अतिरिक्त शुल्क नलाग्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिमार्फत चालू आर्थिक वर्षदेखि जुनकुनै बैंकमा कारोबारमा अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था गरेको छ। यसअघि बुधबारको बैंकर्स ... थप हेर्नुहोस्

News-Image

सुनसरीमा सशस्त्र प्रहरी तथा तस्कर समूहबीच भएको झडपमा एकजना गम्भीर घाइते

  • २०७७ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सुनसरीको हरिनगरमा सशस्त्र प्रहरी र तस्करहरुको समूहबिच दोहोरो झडप भएको छ । शुक्रबार राति भएको झडपमा एक प्रहरी र एक तस्कर घाइते भएका छन् । तस्करहरुको समूहले हानेको ढुङ्गा लागेर सशस्त्र प्रहरी जवान जीवराज विशंखे घाइते भएका छन् । प्रहरीको गोली लागेर ग... थप हेर्नुहोस्

News-Image

राजनीतिक परिवर्तन पो हामीले सम्पन्न गरेका छौँ, त्यो पनि अझै अधुरो– अधुरो र कमजोर छ : प्रदीप ज्ञवाली

  • २०७७ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पार्टी भित्र हाल देखिएको समस्या वैचारिक–राजनीतिक नभई शीर्ष नेतृत्वमा व्यवस्थापनको कमजोरी रहेको बताएका छन् । शक्ति संघर्ष लम्बिँदै जाँदा पार्टी फुटको संघारमा पुगेको र समाधानको... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य मन्त्रालयसँगको सहमति कार्यान्वयन नभएपछि ‘इनफ इज इनफ’ अभियानद्वारा फेरि सत्याग्रहको घोषणा

  • २०७७ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि विभिन्न माग राखी सत्याग्रह गरेको 'इनफ इज इनफ' का कार्यकर्ताद्वारा सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयनका लागि कुनै पहल नगरेको भन्दै अभियानले पुनः सत्याग्रह थाल्ने भएको छ । सहमतिको १२ दिन बित्दा पनि स्वास... थप हेर्नुहोस्

News-Image

यी ३४ जिल्लामा भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान

  • २०७७ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न ३४ जिल्लामा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जारी गरेको बिहान ५ बजेको सूचनामा पछिल्लो ६ घण्टामा प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, झापा, धनकुटा, खोटाङ, भोजपुर र उ... थप हेर्नुहोस्

News-Image

‘विपद्को अवस्थामा केही गर्न नसक्ने हो भने मन्त्रालय र मन्त्री किन चाहियो ?’

  • २०७७ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न शिक्षा मन्त्रालयले ठोस पलह गर्न नसकेको बताएका छन् । शुक्रवार रिपोर्टस क्लव नेपालमा आयोजित साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका... थप हेर्नुहोस्