राष्ट्रिय समाचार

News-Image

पुरिएका मध्ये ६ जनाको शव फेला, तीनको खोजी जारी

  • २०७७ जेष्ठ ३२, आईतवार

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार राति पहिरोमा पुरिएका नौमध्ये ६ जनाको शव भेटिएको छ भने अझै तीन बेपत्ता छन् । घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन् । पहिरोमा पुरिएकामध्ये ५८ वर्षीय तुलबहा... थप हेर्नुहोस्

News-Image

विद्यालय नखुलुञ्जेल कुनै शुल्क नलिन माग गर्दै नेविसंघले बुझायो शिक्षा मन्त्रीलाई ज्ञापनपत्र

  • २०७७ जेष्ठ ३२, आईतवार

नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शुल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशूल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले विद्यालय र क्य... थप हेर्नुहोस्

News-Image

दूध बोक्ने भाँडोमा सूर्ति तस्करी !

  • २०७७ जेष्ठ ३२, आईतवार

बाँकेको कम्दीमा दूधको भाडोभित्र सूर्ति राखेर ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् । भे ४ प ५७६७ नम्बरको मोटरसाइकलमा एक सय पोका सूर्ति राखेर ल्याउँदै गर्दा राप्तीसोनारी–७ झगडियाका राकेशकुमार गद्दी र सबान गद्दी पक्राउ परेका हुन्। उनीहरुले मोटरसाइ... थप हेर्नुहोस्

News-Image

पहिरोले पुरिएर श्रीमान श्रीमतीसहित तीनको मृत्यु, छ जना बेपत्ता

  • २०७७ जेष्ठ ३२, आईतवार

पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर छ बेपत्ता भएका छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको प... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः मुलुकका अधिकांश स्थानमा वर्षा

  • २०७७ जेष्ठ ३२, आईतवार

आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा हुने भएको छ । प्रदेश ६ र ७ मा अहिले हल्का वर्षा भइरहेकोमा दिउँसोसम्म प्रदेश १, २ गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वी क्षेत्र... थप हेर्नुहोस्

News-Image

कपिलवस्तुमा एक महिला र एक पुरूषको शव फेला

  • २०७७ जेष्ठ ३२, आईतवार

कपिलवस्तुमा छुट्टाछुटै स्थानमा शनिबार दुई शव फेला परेका छन्। जिल्लाको वाणगङ्गा नगरपालिका वडा नं ८ गण्डौलीका ३७ वर्षीय भूमिराज भुसालको शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। अत्याधिक मदिरा सेवन र छारे ... थप हेर्नुहोस्

News-Image

प्रहरी कार्यालयमा थुप्रियो तीन बोरा चाबी

  • २०७७ जेष्ठ ३१, शनिबार

बाँके प्रहरीले लकडाउन अवधिमा थुतेको मोटरसाइकल, स्कुटीको चाबी प्रहरी कार्यालयमा थुप्रिएको छ । चैत्र ११ गतेदेखि लकडाउन भएपछि त्यसलाई कडाई गर्ने क्रममा प्रहरीले अटेरीको मोटरसाइकल र स्कुटीको चाबी थुतेको थियो । अहिले वडा कार्यालय, नेपालगञ्जमा तीन बोरा ... थप हेर्नुहोस्

News-Image

पाँच वर्षीय बालकको मृत्युपछि कोरोना संक्रमण पुष्टि

  • २०७७ जेष्ठ ३१, शनिबार

उपचारको क्रममा वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको निजगढ नगरपालिका वडा नम्बर ६ का पाँच वर्षीय बालकको उपचारको क्रममा ज्यान गएको हो । निमोनिया र उच्च ज्वरो आएपछि शुक्रबार उपचार गराउन आएका... थप हेर्नुहोस्

News-Image

‘नयाँ नक्साका लागि सरकारलाई धन्यबाद !, तर १० अर्ब खोई ?’

  • २०७७ जेष्ठ ३१, शनिबार

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारी प्रयास अति कमजोर भएको भन्दै स्वतस्फूर्त रुपमा युवाहरुको प्रदर्शन शनिबार पनि जारी छ । काठमाडौँको माइतीघर मण्डलामा युवाहरु भेला भएर प्रदर्शन गरेका छन् । उनीहरुले आरडीटी परीक्षण बन्द गरिनु पर्ने, शतप्रतिशत ... थप हेर्नुहोस्

News-Image

सरकारद्वारा कोरोना नियन्त्रणका लागि भएको खर्च विवरण सार्वजनिक

  • २०७७ जेष्ठ ३१, शनिबार

सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । सीसीएमसी निर्देशन समितिको हालसम्म भएको खर्च सार्वजनिक भएको हो। सरकारले कोरोना नियन्त्रणका लागि १० अर्ब खर्च भएको बताएपछि उक्त खर्च अश्वभाविक भएको भन्दै चौतर्फी आलोचना भएको... थप हेर्नुहोस्