
यहाँको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार कोरलानाकामा थप सञ्चार... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ । विभागका अनुसार आज दिउँ... थप हेर्नुहोस्
भक्तपुरमा बागमती प्रदेशस्तरीय एक दिवसीय ‘स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन’ सम्पन्न भएको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहकार्यमा आइतबार भक्तपुरमा सम्पन्न... थप हेर्नुहोस्
विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सोलुखुम्बुको थामेका ५६ वर्षीय शेर्पाले आइतबार बिहान १०ः १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको हो । उहाँले विश्वको सर्वोच्च शिखरमा सबैभन्दा धेर... थप हेर्नुहोस्
विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका ४८३ परिवारलाई आज एक समारोहबीच लालपूर्जा वितरण गरिएको छ । मिथिला नगरपालिका-६, ७, ८ र ९ का (भूमिहीन) सुकुमवासीलाई लालपूर्जा वितरण गरिएको हो । गाउँब्लकका जमिन लालपूर्जा... थप हेर्नुहोस्
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार नारायणगढबाट बु... थप हेर्नुहोस्
नेपाल–चीन उत्तर कोरलानास्थित मुस्ताङको लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाईछिपाईकन भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानत... थप हेर्नुहोस्
काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको घरायसी विवाद मृत्युमा परिणत भएको छ । भिनाजु समीले सालो मन्सुरीलाई गएराति घरायसी विषयमा विवाद बढेपछि चक्कु प्रहार गर्दा मन्सुरीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिस... थप हेर्नुहोस्
भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ फुड एन्ड फन’ खाना महोत्सव हुने भएको छ । सिद्धार्थ हस्पिटालिटी ग्रुपको आयोजना यहाँ रहेको होटल सिद्धार्थ भिलासामा सञ्चालन हुने महोत्सवमा नेपाली रैथाने परिकारदेखि अन्तरराष्ट्रिय खानासम्मका स्वाद प्रस्तुत गरिने आ... थप हेर्नुहोस्
यातायात व्यवसायीहरूले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई सुधार्नका लागि यात्रुलाई मीठो बोली र सफा खाना खुवाउनुपर्ने बताएका छन् । नेपाल माइक्रो तथा बस कम्पनी प्रालिले वैशाख २७ देखि ३० गतेसम्म पोखरामा सम्पन्न सातौँ महाधिवेशनमा निर्वाचित कार्यसमितिको... थप हेर्नुहोस्
