अन्तर्राष्ट्रिय

News-Image

बेइजिङमा पुटिन र किमबीच भेटवार्ता

  • २०८२ भाद्र १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनले चीनको राजधानी बेइजिङमा भेटवार्ता गर्नुभएको छ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ राजधानीको मुटुमै आयोजना गरिएको भव्य सैन्य परेडमा सहभागिता जनाएपछि दुवै ... थप हेर्नुहोस्

News-Image

जलवायु परिवर्तनको असर, बेलायतमा तीव्र तापक्रम वृद्धि

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बेलायतको मौसम विभाग (मेट अफिस) ले सोमबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार सन् २०२५ को गर्मीयाम अहिलेसम्मकै सबैभन्दा उच्च तापमान भएको मौसमीय अवधिका रूपमा पुष्टि गरिएको छ । जुन १ देखि अगस्ट ३१ सम्मको अवधिमा बेलायतको औसत तापक्रम १६.१० डिग्री स... थप हेर्नुहोस्

News-Image

मोदीले ट्रम्पको नोबेल प्रयास अस्वीकार गर्दा भारत–अमेरिका सम्बन्धमा तनाव : रिपोर्ट

  • २०८२ भाद्र १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन १७ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको फोन कलका क्रममा भारत–पाकिस्तान शत्रुता अन्त्य गर्ने आधारमा आफूलाई नोबेल शान्ति पुरस्कारका लागि समर्थन गर्न अनुरोध गर्नुभएको थियो । तर प्रधानमन्त्री मोदीले उक्त अनुरोध ... थप हेर्नुहोस्

News-Image

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नी र पूर्वप्रधानमन्त्री दोषी ठहर

  • २०८२ भाद्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाका अपदस्थ पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन ही र उहाँका पूर्वप्रधानमन्त्री हान डक–सूलाई विशेष अभियोजकहरूले शुक्रबार दोषी ठहर गरेका छन् । यो कारवाही युनद्वारा सन् २०२४ डिसेम्बरमा गरिएको मार्सल ल घोषणा र त्यसपछि उत्पन्न राजनीति... थप हेर्नुहोस्

News-Image

थाई अदालतद्वारा प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा बर्खास्त

  • २०८२ भाद्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई नैतिकता र संवैधानिक नियम उल्लङ्घन गरेको ठहर गर्दै पदबाट बर्खास्त गरेको छ । फैसला लागू हुनेबित्तिकै पेटोङटार्नले आफ्नो लगभग एक वर्षदेखि रहेको जिम्मेवारी गुमाउनुहुनेछ । अदालतले उहाँ... थप हेर्नुहोस्

News-Image

आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस

  • २०८२ भाद्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो । आणविक हातहतियारले निम्त्याउने विनाश, त्... थप हेर्नुहोस्

News-Image

दोस्रो विश्वयुद्धमा मारिएका मजदुरहरूको जापानी स्थलमा फेला परेका हड्डीहरू मानव अवशेष भएको पुष्टि

  • २०८२ भाद्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

जापानको युद्धकालीन खानीमा फेला परेका हड्डीहरू मानव अवशेष भएको प्रहरीले बुधबार बताएको छ । साथै, ती अवशेषहरू खोज्न मद्दत गर्ने एक जापानी समूहले ती अवशेष सन् १९४२ मा एक दुर्घटनामा मृत्यु भएका करिब एक सय ८० जना श्रम गर्न बाध्य पारिएका प्रायः कोरियाली मज... थप हेर्नुहोस्

News-Image

स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

  • २०८२ भाद्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो ठूलो क्षमताको ‘स्टारशिप’ रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएको छ । ‘स्पेसएक्स’ अमेरिकी अन्तरिक्ष अन्वेषण कम्पनी हो,जसले विश्वकै सबैभन्दा ठूलो र अत्याधुनिक पुनः प्रयोगयोग्य रकेट र ... थप हेर्नुहोस्

News-Image

जापानमा सामन्ती सरदारको मूर्तिको शिर छेदन

  • २०८२ भाद्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

जापानको एक सपिङ आर्केड बाहिर १६औँ शताब्दीका शक्तिशाली सरदार तथा समुराई टोयोटोमी हिदेयोसीको मूर्तिको टाउको काटिएको घटना बुधबार सार्वजनिक भएको छ । यो जानकारी पसलका अधिकारी र मिडिया रिपोर्टमार्फत प्राप्त भएको हो । टोयोटोमी हिदेयोसीले १६औँ शताब्दीमा जाप... थप हेर्नुहोस्

News-Image

विश्वका चारमध्ये एक जना सुरक्षित पिउने पानीबाट वञ्चित : राष्ट्रसङ्घ

  • २०८२ भाद्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्वभर अझै पनि दुई अर्बभन्दा बढी मानिस सुरक्षित र व्यवस्थित पिउने पानीको पहुँचबाट वञ्चित रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । राष्ट्रसङ्घले मङ्गलबार प्रकाशित प्रतिवेदनमा सन् २०३० सम्ममा सबैका लागि सुरक्षित पानी र सरसफाइ उपलब्ध गराउने लक्ष्... थप हेर्नुहोस्