मुख्य समाचार

News-Image

देउवा सहभागी नभएपछि संवैधानिक परिषदको बैठक स्थगित

  • २०७७ मंसिर २८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नभएपछि आज डाकिएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजेका लागि बोलाएको परिषद्को बैठकमा सभापति देउवा सहभागी नभएपछि बैठक स्थगित भएको हो ... थप हेर्नुहोस्

News-Image

बालुवाटारमै बस्ने भयो नेकपा स्थायी कमिटी बैठक, एजेण्डा परिवर्तन भएपछि ओली पनि सहभागी हुने

  • २०७७ मंसिर २८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

आज बस्ने सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकको स्थान परिवर्तन गरिएको छ। यसअघि धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राखिने भएको हो। दिउँसो एक बजे बोलाइएको बैठकको एजेण्डा पनि परिवर... थप हेर्नुहोस्

News-Image

संंवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने

  • २०७७ मंसिर २८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । तर देउवाले पार्टीको कार्यक्रमका कारण बैठकमा आफ्नो उपस्थिति हुन नसक्ने जानकारी संवैधानिक परिषद्का अध्यक्ष... थप हेर्नुहोस्

News-Image

पार्टीले प्रधानमन्त्रीबाट फिर्ता बोलाएमा यी हुन् ओलीका दुई विकल्प

  • २०७७ मंसिर २८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै गहिरिने संकेत देखिएको छ। विवाद समाधानको उपाय खोज्न स्थायी कमिटी सात दिनका लागि स्थगित गरे पनि शनिबार साँझसम्म सहमतिको कुनै बाटो निस्केको छैन। बरु प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा... थप हेर्नुहोस्

News-Image

ओलीको ‘दूत’ बनेर खुमलटार पुगे शंकर पोखरेल, प्रचण्डलाई राखे यस्तो प्रस्ताव

  • २०७७ मंसिर २७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेटवार्ता गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेल प्रधानमन्त्री केपी ओलीको 'दूत' बनेर दिउँसो खुमलटार पुगेका थ... थप हेर्नुहोस्

News-Image

पार्टीभित्रका बहस समाजवादको यात्राका लागि हुन् : अध्यक्ष प्रचण्ड

  • २०७७ मंसिर २७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताएका छन् । नेपाली कांग्रेस परित्याग गरी नेकपा प्रवेश गरेकी नेतृ कौसर साहसहित १ ... थप हेर्नुहोस्

News-Image

आज थपिए ८९९ जना कोरोना संक्रमित, थप १५ जनाको मृत्यु

  • २०७७ मंसिर २७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको ... थप हेर्नुहोस्

News-Image

कांग्रेसकी पुर्व संविधानसभा सदस्यसहित सयभन्दा धेरै नेता कार्यकर्ता नेकपामा प्रवेश

  • २०७७ मंसिर २७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको पुर्व संविधानसभा सदस्य कौसर शाह नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई नेकपामा स्वागत गरेका छन्। पार्टी मुख्यालय धुमबाराहीमा आयोजित कार्यक्रमार्फत् अध्यक्ष दाहालले नेकपामा स्... थप हेर्नुहोस्

News-Image

एकताको हल्ला चलाएर विभाजनको तयारी गर्नुको कुनै तुक छैन: गोकुल बाँस्कोटा

  • २०७७ मंसिर २७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरू भएको दाबी गरेका छन्। बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्व प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जली सभालाई ... थप हेर्नुहोस्

News-Image

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

  • २०७७ मंसिर २७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । कांग्रेसका पूर्व महामन्त्री सिटौलामा शुक्रबार गरिएको पीसीआर परीक्षणबाट पोजेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ । हाल सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ ।... थप हेर्नुहोस्