
कृषि विकास बैङ्कको क्रिडेन्सियल ह्याकिङ गरी एक करोड रकमसहित फरार रहेका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ । ४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको थियो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसारक... थप हेर्नुहोस्
हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म काठमाडौँको साँखुमा लाग्ने शालीनदी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । शंखरापुर नगरपालिका साँखुमा शनिबार पत्रकार सम्मेलन गर्दै पुस २५ देखि माघ २५ सम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी अन्तिम चर... थप हेर्नुहोस्
गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आइतबार बिहान बेइजिङ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधि... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटी बैठकको मिति सारेको छ । आइतवार बसेको नेकपाको सचिवालय बैठकले पुस २३ गतेदेखि बोलाएको बैठक माघ १५ गतेका लागि सार्ने निर्णय गरेको छ । आसन्न राष्ट्रियसभाको चुनावका लागि तयारी गर्नुपर्ने भएका... थप हेर्नुहोस्
पश्चिमी न्यून चापीय वायुको प्रभाव कम हुँदै गएकाले आजदेखि मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि सक्रिय न्यून चापीय वायूको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासहित हिमपात हुँदा जनजीवन प्रभावित भएको थियो ।... थप हेर्नुहोस्
रसुवाको लाङ्टाङ जङ्गलमै दुर्लभ बन्दै गएको कस्तुरी अचेल लाङ्टाङवासीका घरआँगनमा नाच्न थालेका छन् । लाङ्टाङमा कस्तुरीको सङ्ख्यामा वृद्धि भएपछि स्थानीय बासिन्दाका घरआँगनमा कस्तुरी देखिन थालेका हुन् । कस्तुरीका लागि आवश्यक चरिचरन र वासस्थान सुरक्षित भएपछि... थप हेर्नुहोस्
जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना ज... थप हेर्नुहोस्
राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७५-०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार ... थप हेर्नुहोस्
पश्चिमी वायुको प्रभावका कारण शनिवार पनि देशभरमा मौसम बदली रहने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश स्थानमा दिउँसो र साँझसम्म पानी पर्नेछ । अहिले पनि देशका अधिकांश स्थानमा पानी परिरहेको छ। पश्चिमका केही स्थानमा वर्षासँगै उच्च पहाडी र... थप हेर्नुहोस्
मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते, मार्फा, ठिनीलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल... थप हेर्नुहोस्
