राष्ट्रिय समाचार

News-Image

पशुपतिनाथमा दर्शनार्थीको ओइरो

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझ पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् । बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति ... थप हेर्नुहोस्

News-Image

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको छ भने केही स्थानमा नदीनालाले कटान गर्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुक... थप हेर्नुहोस्

News-Image

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड, धार्मिक तथा ऐतिहासिकस्थल र मौलिक संस्कृति । प्रकृति, संस्कृति र इतिहासको यही विविधताले लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पर्यटकीय सम्भावनाले भरिएको क्षेत्रका रूपमा चिनाए... थप हेर्नुहोस्

News-Image

व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

भोजपुरको षडानन्द नगरपालिका–११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला व्यावसायिक कफीखेतीमा रमाइरहनुभएको छ । परम्परागत खेतीबाट अपेक्षित आम्दानी नभएपछि वैकल्पिक बालीका रूपमा कफी रोज्नुभएका उहाँले अहिले यसैमा भविष्य देख्न थाल्नुभएको छ । चौलागाईँले ... थप हेर्नुहोस्

News-Image

विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३१ वर्षीय पङ्की राई ‘रोशन’लाई वैदेशिक रोजगारीले खासै मन बहलाउन सकेन । त्यसलाई चटक्कै छाडेर स्वदेश फर्किनुभयो । विदेशमा रहँदा कम्पनी मालिकको पेलान तथा आफ्नो देशप्रतिको मायाले १० महिना नबित्दै फर्क... थप हेर्नुहोस्

News-Image

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आउनुभएको छ । पहिले छोराछोरीलाई स्कुल पठाएपछि घरमा आएर टिकटक, फेसबुक चलाउनेबाहेक खासै काम हुँदैनथ्यो । तर, अहिले उहाँको दैनिकी फेरिएको छ । उहाँ धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त हुनुहुन्छ । ... थप हेर्नुहोस्

News-Image

तीन सय दुई किलो गाँजासहित एक जना पक्राउ

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-८ जोगिनियाबाट अवैध लागुऔषध गाँजा करिब ३०२ किलो ४८० ग्रामसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले १२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजासहित हनुमाननगर कङ्कालिनी-७ मुखिया... थप हेर्नुहोस्

News-Image

सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने ११ घरपरिवार विस्थापित भएका छन् । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी र सोताङ गाउँपालिका–४ को वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हु... थप हेर्नुहोस्

News-Image

साउनको अन्तिम सोमबार : बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा जम्मा भएका छन् । प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजन स्नान गरी शुद्ध कपडा लगाएर जल पशुपतिनाथ मन्दिरमा चढाउने गर्छन् । आइतबार... थप हेर्नुहोस्

News-Image

मौसम : देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान 

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधार... थप हेर्नुहोस्